Explore news and happenings at Bhaktapur

सक्कली कम्युनिस्टलाई बदनाम गर्न नेकपाजस्ता नक्कली कम्युनिस्टहरु सक्रिय—प्रमुख प्रजापति

भक्तपुर, २८ भदौ ।

0

नेपाल मजदुर किसान पार्टी मध्यपुर वडा नं. ५ र ६ समितिको आयोजनामा शनिबार तुलाननीमा चोक सभा भयो ।

सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले न्यायप्रेमी जनताको एकताबाट राजतन्त्रको अन्त्य भएको चर्चा गर्दैै पु“जीपतिहरूविरुद्ध मजदुर वर्ग स·ठित हुनु आवश्यक छ भन्नुभयो ।

सक्कली कम्युनिस्टहरुलाई बदनाम गर्न नेकपाजस्ता नक्कली कम्युनिस्टहरु सक्रिय रहेको र नेकपाले सिद्धान्तविपरीत चरित्र प्रदर्शन गरिरहेको उहा“ले बताउनुभयो ।

असोज ३, ४ र ५ गते हुने नेमकिपाको सातौ“ महाधिवेशनमा उच्च किसिमको सैद्धान्तिक छलफल हुने उल्लेख गर्दै केन्द्रीय सदस्य प्रजापतिले महाधिवेशन सफल पार्न नैतिक र भौतिक सहयोगको लागि अनुरोध गर्नुभयो ।

मध्यपुर नगर समितिका उपाध्यक्ष प्रेमजन थापा श्रेष्ठले सरकारले बुद्धिजीवीहरुलाई दिग्भ्रमित पार्ने काम गरिरहेको छ भन्नुभयो ।

कार्यक्रममा मध्यपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजकुमार प्रजापति, नेक्रायुसङ्घका सुरेन्द्र था र प्रेमकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.