Explore news and happenings at Bhaktapur

लेखापरीक्षकहरुको भेला सम्पन्न

२०७६ भाद्र २७ गते बिहिबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरुमा लेखा परीक्षण गर्न खटिएका लेखापरीक्षकहरुसँगको छलफल कार्यक्रम आज सम्पन्न भयो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले लेखापरीक्षकहरुले राज्यलाई आर्थिक अनुशासनमा राख्न महत्वपूर्ण योगदान गर्न सक्ने बताउनुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पारदर्शितापूर्वक काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भनपाले ७ वटा शैक्षिक संस्थानहरु सञ्चालन गरिरहेको, घरघरमा नर्सिङ्ग सेवा विस्तार गर्दै २५ शैयाको ख्वप अस्पताल निर्माण गरिरहेको जानकारी दिनुभयो । नपाले विद्यालयका लेखापालहरुलाई तालिम संचालन गरी नियमसंगत रुपमा आर्थिक कारोबार गर्न निर्देशन दिएको बताउनुहुँदै सम्पदा पुनःनिर्माण उपभोक्ता समितिमार्पmत गर्दा गुणस्तरीय भएको जानकारी दिनुभयो । उहाँले ठेकेदार मार्पmत कार्य गर्दा गुणस्तर नहुने, बीचैमा भाग्ने प्रवृत्ति रहेकोले ख्वप अस्पताल निर्माण अमानतमा भइरहेको जानकारी दिनुभयो ।
विभिन्न एनजिओ/आइएनजिओहरु महालेखा नियन्त्रणको कार्यालय, अख्तियार, नेपाल सरकारको मन्त्रालयले नहेरेको कारण अनियमितता भइरहेको जानकारी गराउनु हुँदै भक्तपुर क्यान्सर अस्पतालमा भैरहेको अनियमितताबारे प्रष्ट पार्नुभयो ।

उहाँले लेखापरीक्षकहरुले लेखापरीक्षण गर्दा वास्तविक प्रतिवेदन प्रस्तुत गरी बुँदागत रुपमा राय सुझाव पेश गरी नगरपालिकाले गरेका कमी कमजोरीलाई औंल्याएमा नगरपालिकाले प्रगति गर्न सक्ने हुनाले यथार्थ कुरा प्रतिवेदनमा समेट्न निर्देशन दिनुभयो ।

वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले लेखापरीक्षकहरुलाई खटिएको विद्यालयहरुमा गई आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गर्नुहुँदै भक्तपुर नगरपालिकाका हरेक गतिविधि पारदर्शी रुपमा संचालन भइरहेको जानकारी  दिनुभयो कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र लेखापरीक्षक प्रतिनिधिहरुले पनि आ–आफ्नो राय, सुझाव प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.