Explore news and happenings at Bhaktapur

यन्हापुन्हिया जात्रा (इन्द्रजात्रा) सम्बन्धमा सरोकारवालाहरुको बैठक

२०७६ भाद्र २७ गते बिहिबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७६ भाद्र ३०,३१ र असोज १ गते हुने यन्हापुन्हि जात्रा (इन्द्रजात्रा) सम्बन्धी भक्तपुर नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र भैरबनाथ जात्रा व्यवस्थापन सहयोग समिति लगायतका सरोकारवालाहरुको आज बैठक बस्यो ।
बैठकले यन्हापुनि जात्रा समयमै शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र भैरबनाथ जात्रा व्यवस्थापन सहयोग समितिलगायत सम्पूर्ण सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने निर्णय गर्‍यो ।
बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले इन्द्रजात्राको अवसरमा हुने पुलुकिसी, यांमता, मुपात्र, इन्द्रायणी जात्रा, छुमा गणेश जात्रा समयमै सम्पन्न गर्न सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुहुन अनुरोध गर्नुहुँदै भक्तपुर नगरमा वर्षभरी हुने विभिन्न कला, साँस्कृतिलाई जगेर्ना गर्न नगरपालिकाको अगुवाईमा अन्तरक्रिया छलफल कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउनुभयो । हालसालै सम्पन्न गाईजात्रामा ट्राफिक व्यवस्थापन प्रभावकारी भएको स्मरण गर्नुहुँदै उहाँले जात्राहरुलाई व्यवस्थित गर्न गुठी संस्थानले कमी कमजोरीलाई सच्याउँदै विभिन्न चाडपर्व र जात्रालाई आगामी दिनहरुममा व्यवस्थित गर्दै लैजानु पर्ने र चाडपर्वहरु तथा जात्राहरु व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि मुकुण्डो बनाउन समस्या भएको हुनाले सो को लागि अक्षय कोषको व्यवस्था गरी नगरपालिकाले खर्च व्यवस्थापन गर्न सहयोग गरेको जानकारी दिनुहुँदै गुठी संस्थानले आयश्रोत मात्रै खोज्ने होइन जात्रा संचालनको लागि आवश्यक खर्चहरु पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरभित्र हुने जात्राहरुमा शान्ति सुरक्षालाई विशेष ध्यान दिंदै भक्तपुरलाई अपराधमुक्त बनाउनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुहुँदै उहाँले नगरपालिकाले भक्तपुरमा मनाइने जात्रा र चाडपर्वलाई विशेष प्राथमिकता दिंदै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नगरपालिकाको अगुवाईमा भक्तपुरको कला,संस्कृति र जात्रा संरक्षण भइरहेकोमा खुशी व्यक्त गर्नुहुँदै नगरपालिकाले सानादेखि ठूला जात्राहरु व्यवस्थापनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । शान्ति सुरक्षाका लागि प्रशासन संवेदनशील रहेको जानकारी दिनुहुँदै उहाँले गुठी संस्थानले जात्रा व्यवस्थापन र सम्पदा संरक्षणको लागि आन्तरिक व्यवस्थापनमा विशेष धनि दिनुपर्ने र सरोकारवालाहरुसँग समन्वय गरेर पारदर्शी ढंगले कार्यक्रम अगाडि लानुपर्ने बताउनुभयो । उहाँले जात्रा संचलान गर्दा नपुग बजेट माथिल्लो निकायमा माग गरी आपसी सहयोगमा अगाडि बढ्न समेत गुठी संस्थान प्रमुखलाई निर्देशन दिनुभयो ।
गुठी संस्थानका प्रमुख अनन्त कायस्थले कार्यालयको क्षमताले भ्याएसम्म जात्रा सहयोग समितिहरुलाई सहयोग गर्दै आएको जानकारी दिनुहुँदै भक्तपुरमा जात्रा व्यवस्थानको लागि अबका दिनमा समन्वय गर्दै अगाडि बढ्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष कुमार चवालले भैरबनाथको जात्रा व्यवस्थापनका चुनौतीहरुको बारेमा जानकारी दिनुहुँदै पुलुकिसी जात्राको समय व्यवस्थापनको लागि सम्बन्धित सबैले समयमै जात्रा संचालनको लागि पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, भैरबनाथ जात्रा सहयोग समितिका अध्यक्ष न्हुछेराम भेले, सँला गणेशका हरिराम वुयो, तपालाछि गुठीका ज्ञानेन्द्र मानन्धरले पनि जात्रा समयमै व्यवस्थि तगर्न आ–आफ्नो तर्पmबाट सहयोग गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.