Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापति र चीनको साउथ इस्ट युनिभर्सिटीका प्रतिनिधिमण्डलबीच भेट

२०७६ भदौ १८ गते, बुधबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र चीनको नानचिङस्थित साउथ इस्ट विश्वविद्यालय, स्कूल अफ आर्किटेक्चरका प्राध्यापक र स्नातकोत्तर आर्किटेक्चर विषयका विद्यार्थीहरुको संयुक्त टोलीबीच बुधबार भक्तपुर नगरपालिकाको सभाकक्षमा भेट वार्ता सम्पन्न भयो ।
भेटमा प्रमुख प्रजापतिले चिनियाँ प्रतिनिधि टोलीलाई भक्तपुरमा स्वागत गर्नुहुँदै नेपाल भ्रमण र दुई देशका कलेजबीचको सम्बन्धले चीन र नेपालबीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग गर्ने बनाउनुभयो । चीनको विश्वविद्यालयबाट अध्ययन पूरा गरी फर्केका नेपाली विद्यार्थीहरुले नेपालमा राम्रो सेवा प्रदान गरिरहेकोमा खुशी व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले चिनियाँ सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला नेपालकै सानो जिल्ला भएको र साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक महŒव बोकेको जिल्ला पनि भएको जानकारी दिनुहुँदै उहाँले २०७२ सालको भूकम्पपछि सम्पदा संरक्षणको लागि चिनियाँ सरकारले गरेको सहयोगप्रति अभार प्रकट गर्नुभयो । उहाँले गत वर्ष चिनियाँ संस्कृतिमन्त्री नेपाल भ्रमणमा आउनुहुँदा भक्तपुरलाई ‘चिनियाँहरुको तीर्थस्थल’ को रुपमा व्याख्या गर्नुभएको स्मरण  गर्नुभयो । उहाँले चिनियाँ क्रान्तिकारी साहित्य नेपालीमा अनुवाद अध्ययनले नेपाली युवाहरुलाई वैचारिक रुपमा अगाडि बढ्न मद्दत गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै अगाडि बढिरहेको र सरकारले स्वीकृति दिएमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारीमा रहेको जानकारी उहाँले दिनुभयो ।
भेटमा साउथ इस्ट विश्वविद्यालयका प्राध्यापक यान आन्नीले चीनले २००७ देखि युनेस्कोको संरक्षणको अध्यक्षता गरिरहेको र नेपाललगायत विश्वका विभिन्न सम्पदा क्षेत्रको व्यवस्थित रेकर्ड राख्न अध्ययन गरिहेको जानकारी दिनुहुँदै भक्तपुरको सम्पदा जीवन्त सम्पदाको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङसँग समन्वय गर्दै दुई देशबीचका कलेजहरुका विद्यार्थीको आदान प्रदान गरी मिलेर अगाडि जान तत्पर रहेको जानकारी दिनुभयो ।
भेटमा प्रमुख प्रजापतिले भनपाद्वारा सञ्चालित कलेजहरु भ्रमण गर्नुभएकोमा आभार प्रकट गर्नुहुँदै चिनियाँ टोलीलाई खाडा, भादगाउँले टोपी र भक्तपुर नपाका प्रकाशनहरु हस्तान्तरण गरी बिदाई गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.