Explore news and happenings at Bhaktapur

चार महिने आधारभूत तहको जापानी भाषा तालिमको उद्‌घाटन

२०७६ भदौ १५ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुने चार महिने आधारभूत तहको जापानी भाषा तालिमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उद्घाटन मन्तव्य राख्नुहुँदै प्रमुख प्रजापतिले आफूले सिकेको शिक्षा र सीपबाट समाज र देशको हितको निम्ति प्रयोग गर्नुपर्ने र कम समयमा बढी ज्ञान हासिल गर्न प्रशिक्षार्थीहरुलाई उत्साहित गर्नुभयो । भाषा सिकाइ आफैमा गा¥हो विषय भएको र निरन्तर अध्ययनले जस्तोसुकै गा¥हो र जटिल विषय पनि सरल बन्दै जाने धारणा उहाँले राख्नुभयो ।

भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारका विषयबारे सत्यतथ्य पत्ता लगाउन भक्तपुर नगरपालिकाद्वारा गठित छानबिन समितिले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर भ्रष्टाचारविरोधी इतिहास बोकेको ठाउँ भएको र यहाँ हुने अनियमितता र भ्रष्टाचारविरुद्ध निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. १ सल्लघारीस्थित १०८ रोपनी जग्गा संरक्षण र सम्बद्र्धन गर्न पर्खाल निर्माण गरेको प्रस्ट पार्नुहुँदैै उहाँले त्यस जग्गालाई अधिकत्तम जनताको हितको निम्ति प्रयोग गर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई कला र संस्कृतिको खुला संग्रहालयको रुपमा व्याख्या गर्नुहुँदै भक्तपुरमा विदेशी पर्यटकहरुको आवागमन वृद्धि भएका कारण नगरपालिकाले विभिन्न भाषाका तालिमहरुको प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे अवगत गराउनुहुँदै नगरबासी युवाहरुको उज्ज्वल भविष्यको निम्ति सीपमूलक र रोजगारमूलक तालिमहरु सञ्चालनमा जोड दिइरहेकोे बताउनुभयो ।

कार्यक्रममा जापानी भाषा तालिमका प्रशिक्षकद्वय अमिर लिबी र कमलकेशरी खर्बुजाले कक्षामा नियमित उपस्थिति हुनुपर्ने, भाषा सिक्ने रहरले भन्दा सिक्ने भावनाको विकास गर्नुपर्ने र भाषाको माध्यमबाट आफ्नो देशको संस्कृतिबारे विदेशीलाई चिनाउन महŒवपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

भक्तपुर नपाद्वारा सञ्चालन हुने जापानी भाषा तालिममा ८६ जना प्रशिक्षार्थीहरु भाषा कक्षाको लागि छनोट भएका थिए ।

Leave A Reply

Your email address will not be published.