Explore news and happenings at Bhaktapur

शारीरिक र मानसिक रूपले नागरिकहरूलाई स्वस्थ बनाउन भनपाले खेलकुदलाई प्राथमिकतामा राखेको

भक्तपुर, १४ भदौ ।

0

सिद्धि गणेश खेलकुद समितिले एक कार्यक्रमको आयोजना गरी शनिबार प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शारीरिक र मानसिक रूपले नागरिकहरूलाई स्वस्थ बनाउन भनपाले खेलकुदलाई प्राथमिकतामा राखेको र वडा–वडा र कलेजहरूमा व्यायाम सामग्रीहरू राखी व्यायामको अभ्यास थालनी गरेको बताउनुभयो ।

उहा“ले भन्नुभयो, “भक्तपुरलाई सांस्कृतिक नगरको रूपमा जोगाइराख्न नगरपालिकाले कला–संस्कृति संरक्षण गर्न पुरानो नगर क्षेत्रभित्र नगरवासीहरूले बाहेक जग्गा खरिद गर्न नपाउने व्यवस्था गर्न नगरपालिका अगाडि बढेको छ ।”

नगरपालिकाले जग्गा र पैसा दिएर स्थापना भएको भक्तपुर क्यान्सर अस्पताल केही व्यक्तिहरूको मनोमानी र आर्थिक अनियमितताको कारण नगरपालिकाले व्यवस्थापनको जिम्मा लिनुपरेको हो, उहाँले स्पष्ट पार्नुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो, “आर्थिक अनियमितता गर्नेहरू जहाँ गए पनि अन्ततः कानुनबमोजिम कारबाही पर्ने छन् ।”

भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले सार्वजकि सम्पत्ति जोगाउने जिम्मेवारी नगरपालिकाको भएकोले त्यहीअनुसार नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।

उहा“ले भन्नुभयो, “युवाहरूलाई लक्षित गरी नपाले विभिन्न तालिमहरू सञ्चालन गरिरहेको छ । प्रत्येक युवालाई सीपयुक्त बनाउने सोचले नगरपालिका अगाडि बढ्दै छ ।”

भनपा वडा नं. ६ का पूर्ववडा अध्यक्ष कृष्णगोविन्द खाइजूले युवाहरूलाई विकृतिबाट जोगाउन आवश्यक भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष श्याम लाखाको सभापतित्वमा भएको कार्यक्रममा रामेश्वर लाखा, राजन लाखा र राजेश लाखाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.