Explore news and happenings at Bhaktapur

बागीश्वरीमा बृहत शिक्षक भेला सम्पन्न

भक्तपुर । २०७६ भदौ ७ गते, शनिबार

0

वागीश्वरी कलेज र वागीश्वरी माविको कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक शिक्षिकाहरुको भेला शनिबार सम्पन्न भयो ।
विद्यालय तथा कलेजको आ.व. २०७६—०७७ को बजेट, भावी नीति तथा कार्यक्रम तथा स्नातक र स्नातकोत्तर तहको कक्षा सञ्चालनबारे छलफल गर्न उक्त भेला आयोजना गरेको हो ।

भेलामा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपालका सम्पूर्ण इन्जिनियरिङ विषयको सर्भे एउटा प्राइभेट कम्पनीमा गर्नुपर्ने पत्रको आधारमा मन्त्रालयले भक्तपुरका सामुदायिक कलेजहरुलाई पनि विद्युत प्राधिकरणको जग्गामा सर्भे नगराउन पत्र पठाएपछि उक्त जनविरोधी कदमको विरोधमा प्राधिकरणका कुलमान घिसिङसँग कुरा गरिसकेपछि मात्र उक्त निर्णय फिर्ता लिएको स्पष्ट पार्दै हरेक क्ष्ँेत्रमा शिक्षकहरु सचेत हुन आग्रह गर्नुभयो ।

भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको गतिविधिबारे स्पष्ट पार्दै उहा“ले स्थानीय तहका क्षेत्रका सामुदायिक संस्था, अस्पताल, विद्यालय, टीम क्लब आदि कानुनतः स्थानीय तहका सरकारले नियमन र अनुगमन गर्न सक्ने अधिकार भएको र त्यसैका आधारमा क्यान्सर अस्पतालजस्तो संवेदनशील संस्थाको सेवा प्रवाहलाई सुनिश्चितता दिन भक्तपुर नगरपालिकाले जरूरी कदम चालेको बताउनुभयो ।

उहा“ले कतिपय राजनीतिक दलले भक्तपुर नगरपालिकाप्रति पूर्वाग्रही सोच राखेर अस्पतालको विषयमा भ्रामक प्रचारबाजी गर्नु आपत्तिजनक भएको बताउनुभयो ।

भक्तपुर नगरपालिका पारदर्शिताको नमुना र आर्थिक अनुशासनमा प्रतिबद्ध नगर भएको उदाहरण दिंदै नगर प्रमुख प्रजापतिले नगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालको अव्यवस्था र अस्तव्यस्तता टुलुटुलु हेरेर मात्र बस्न नसकिने प्रस्ट पार्नुभयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले आ.व. २०७६—७७ को जम्मा ४

 करोड ९६ लाख ८० हजार ८२० रुपैया १४ पैसाको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा उल्लेख भएका

महŒवपूर्ण बुँदाहरुहरुमा भवन निर्माण, विद्यार्थी तथा शिक्षकको अनुसन्धानमूलक कार्य, जर्नल प्रकाशन, छात्रवृत्तिलगायत रहेका छन् ।

वागीश्वरी माविका सहायक प्राचार्य ज्ञानसागर प्रजापतिले आ.व. १२ करोड ३५ लाख ६२ हजार ६३८ रुपैया“ ८५ पैसाको विद्यालयको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा शिक्षक तथा कर्मचारीहरुको तलबमा १३ प्रतिशतदेखि ५८ प्रतिशतसम्म वृद्धि गरेको उल्लेख छ ।

विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक गेहेन्द्रप्रसाद दाहाल र राजन चौगुठीले पनि बोल्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको पनि उपस्थिति थियो ।

 

 

Leave A Reply

Your email address will not be published.