Explore news and happenings at Bhaktapur

क्यान्सर अस्पताल जनताको हो — नगर प्रमुख सुनिल प्रजापति

नगर प्रमुख सुनिल प्रजापति

1

भक्तपुर क्यान्सर अस्पताल देशकै महत्वपूर्ण र प्रतिष्ठित अस्पताल हो । हजारौं क्यान्सर पीडित नेपाली जनताले उपचार पाइरहेको यस अस्पताल भक्तपुरको गौरब पनि हो । गरिब नेपाली जनताले सस्तो र गुणस्तरीय उपचार पाउन् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आवश्यक जग्गा प्रदान गर्ने र आर्थिक सहयोग प्रदान गर्दै आएको छ । तर क्यान्सर अस्पतालको लागि दिएको जग्गा भनपाको शर्तविपरीत गैरसरकारी संस्थाले उपभोग गरिरहेको पायौं ।

क्यान्सर पीडित जनताको राम्रो र गुणस्तरीय उपचार गर्नेबाहेक हाम्रो कुनै स्वार्थ छैन । यसअघि जे जस्तो भए पनि आयन्दा अस्पतालको आम्दानी अस्पतालको भौतिक विकास र कर्मचारी व्यवस्थापनकै निम्ति खर्च गरिनेछ । यहाँको सम्पूर्ण आम्दानी र खर्च पारदर्शी बनाइनेछ ।

हामी निर्वाचित भएर आएको दुई वर्ष बित्यो । अस्पताल राम्रो सञ्चालन भइरहेको सोचेर हामीले केही गरेनौं । समय–समयमा आर्थिक अनियमितताका समाचारहरु बाहिर आए । हामीले अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसँग भेट्ने र छलफल गर्ने प्रयास ग¥यौं । उहाँहरु सम्पर्कमै आउन चाहनुभएन ।

आर्थिक अनियमितताको कुरा व्यापक भएपछि टोल–टोलबाट जनता आउन थाले, कर्मचारी मित्रहरुले पनि भक्तपुर नगरपालिकाले नै व्यवस्थापन समिति गठन गर्न आग्रहसहित निवेदन दिनुभयो । अस्पतालको परिस्थिति बिग्रंदै गइरहेको थियो । हामी अस्पतालमा बिरामीहरुको उपचारमा अलिकति पनि बाधा पुगेको चाहनौं । समयमै केही नगरेको खण्डमा बिरामीहरुको उपचारमै समस्या हुन सक्ने भएकोले स्थानीय जनता, अस्पतालका चिकित्सक र कर्मचारीहरुको मागलाई ध्यानमा राखी नगरपालिका अगाडि बढेको हो ।

क्यान्सर अस्पताल जनताको हो र जनताकै हितमा प्रयोग हुनुपर्छ । जनताको सार्वजनिक सम्पत्ति कुनै व्यक्ति विशेषले कमाइ खाने भाँडो बनाइ राखेका जस्ता समाचारहरु व्यापक भएपछि हामी जनप्रतिनिधिहरुको नाताले टुलुटुलु हेरेर बस्नु उपयुक्त ठानेनौं । सार्वजनिक सम्पत्ति हिनामिना गर्ने जोकोही कानुनी दायरामा आउनैपर्छ । नगरपालिकाले जनस्तरबाट र कानुनी बाटोबाट आर्थिक अनियमितता गर्नेहरुलाई जनताबीच ल्याउनेछ ।

आर्थिक अनियमितताका आरोप लागेकाहरुकै हातमा अस्पताल छोड्नुको अर्थ अस्पताललाई थप कारबाहीमा पु¥याउनु हो । हामी सेवा सुविधामा अलिकति पनि बाधा पुग्न दिनेछैनौं ।

नयाँ व्यवस्थापन समितिले आर्थिक अनुशासन र पारदर्शितालाई उच्च प्राथमिकतामा राख्नेछ । लामो समयसम्म निरन्तर बिरामीको सेवा र अस्पतालको हितमा काम गर्ने चिकित्सक र कर्मचारीहरुलाई व्यवस्थापन समितिले उत्साहित गर्दै लगिनेछ । भागबण्डा, पक्षपात र आर्थिक अनियमिततालाई बन्द गरिनेछ । अन्यायमा परेका कर्मचारीहरुलाई कर्मचारी÷चिकित्सकहरुकै सुझावअनुसार आवश्यक व्यवस्था गरिनेछ ।

बीचमा कुनै बाधा व्यवधान आएन भने भक्तपुर क्यान्सर अस्पताल छिटै नै जनस्तरमा सञ्चालित सुविधासम्पन्न नेपालकै राम्रो अस्पतालको रुपमा देशभरिको लागि उदाहरण बन्नेछ ।

आफ्नो हक अधिकारका साथै संस्थामा भइरहेको आर्थिक अनियमितताबारे जनतालाई सचेत पार्ने काम गर्नुभएका पत्रकार, स्थानीय जनता, यस अस्पतालभित्र कार्यरत चिकित्सक र कर्मचारीहरु सम्पूर्णलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौं । अब क्यान्सर अस्पतालको व्यवस्थापन र अनुगमन भक्तपुर नगरपालिकाले गर्नेछ । नगरपालिका सबैको साझा संस्था हो ।

(भक्तपुर क्यान्सर अस्पतालद्वारा भदौ १ गते आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा भक्तपुर नपाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार–संक्षेप)

1 Comment
  1. राम अवाल says

    समाचार सम्प्रेसन्को लागि धन्यवाद

Leave A Reply

Your email address will not be published.