Explore news and happenings at Bhaktapur

विपद् व्यवस्थापनसम्बन्धी युवा विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम

२०७६ साउन २६ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार नगरपालिकाको आयोजनामा भएको चार दिने विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुभयो ।

उद्घाटन मन्तव्य प्रस्तुत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नगरपालिकाले युवा–विद्यार्थीहरुलाई सबै क्षेत्रमा योग्य र सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरेको र भविष्यमा आउन सक्ने सम्भावित खतराबाट जोगाउन तालिमले महŒवपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विपद्को समयमा शारीरिक रुपमा अशक्त, बालबच्चा र ज्येष्ठ नागरिक उद्धारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुहुँदै उहाँले आत्तिने र डराउनेभन्दा पनि पीडित व्यक्तिहरुलाई सुरक्षित ढंगले उद्धार कसरी गर्ने भन्नेबारे प्रशिक्षित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विपद् व्यवस्थापनको जिम्मा नगरपालिकालाई आएको हुँदा विपद्बाट सम्भाव्य दुर्घटना न्युनीकरणको प्रयासमा नगरपालिका जुटिरहेको बताउनुभयो ।

कार्यक्रममा तालिमका प्रशिक्षक मेजर दिपेन्द्र पोखरेलले नेपाली सेना जनताको जीउधन सुरक्षा र राहतमा अहोरात्र खटिरहेको स्मरण गर्नुहुँदै विपद् जोखिम न्युनीकरणको लागि स्थानीय जनतालाई नै तालिम दिनु उपयुक्त हुने विचार राख्नुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विपद् व्यवस्थापनसम्बन्धी तालिम साउन २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.