Explore news and happenings at Bhaktapur

काठमाडौं उपत्यकाको खानेपानीको स्रोत संरक्षणको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्नेमा जोड

भक्तपुर । २०७६ असार २४ गते, बुधबार

0

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी समितिको १५७ औं बैठक मंगलबार बस्यो । सो बैठकले नेपाल सरकारलाई काठमाडौं उपत्यकाको खानेपानीको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गर्यो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यकाको खानेपानी सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने र भक्तपुरको नगरकोटलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खानेपानीमा अवरोध पुर्याउने जो कोहीलाई कडा कारबाही गर्नुपर्ने बताउनुहुँदै खानेपानी जनताको आधारभूत आवश्यकता भएको हुँदा यसको सहज र निःशुल्क वितरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक महेश भट्टराईले मेलम्ची खानेपानी आयोजनाको ढिलाइले काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा परेको असरसम्बन्धी प्रस्तुतीकरण देखाउनुभयो । उहाँले वन मन्त्रालयले केयूकेएलसँग रोयल्टी माग्नु गलत भएको बताउनुहुँदै निकुञ्जका वार्डेनले समेत खानेपानी वितरणमा मनोमानी ढंगले काम गर्ने गरेको जानकारी दिनुभयो ।

बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले खानेपानीको राम्रो व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.