Explore news and happenings at Bhaktapur

भक्तपुर नपा वडा नं.९ लामगाल चउरमा वृक्षारोपण

भक्तपुर, २०७६ असार १३ गते, शुक्रबार

0

भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भक्तपुर नपा वडा नं. ९ सरस्वती विद्यागृह मावि अगाडिको लामगाल चउरमा शुक्रबार विरुवा रोप्ने कार्यक्रम सम्पन्न भयो । चउरको उत्तर, दक्षिण र पूर्वी छेउमा कपुर, कांगियो फुल, असारे फूल, सिरिशको फूल, लालुपाते, फलफूलको बोटलगायत ७० बोट वृक्षारोपण गरियो ।

वृक्षारोपण कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगरभित्र भइरहेका विकास निर्माणका कार्यबारे जानकारी गराउनुहुँदै नगरपालिकाको काममा नगरबासीहरुको साथ र सहयोगको आवश्यकता भएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा , कार्यपालिका सदस्य छोरीमैयाँ सुजखु (प्रजापति), सरस्वती विद्यागृह माविका प्रधानाध्यापक राजाराम श्रेष्ठले पनि बोल्नुभएको थियो ।

वृक्षारोपण कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ र १० का जनप्रतिनिधि, कर्मचारी, सरस्वती विद्यागृह माविका शिक्षक–विद्यार्थी, स्थानीय उपभोक्ता समितिका पदाधिकारीहरु तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.