Explore news and happenings at Bhaktapur

Academia-Industry Dialogue कार्यक्रमको उद्‌घाटन समारोह

भक्तपुर, २०७६ जेठ २६ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार बागीश्वरी कलेज र विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा भएको दुईदिने Academia-Industry Dialogue कार्यक्रमको उद्‌घाटन गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले कार्यक्रमको सफलताको कामना गर्नुहुँदै भन्नुभयो – ‘हरेक व्यापार व्यवसायमा चुनौतीहरु हुन्छन् । चुनौतीसँग डराएर होइन, डटेर अगाडि बढ्नेले मात्र सफलता हात पार्छ ।’

व्यापार–व्यवसायमा हुने अस्वस्थ प्रतिस्पर्धाबारे खण्डन गर्नुहुँदै प्रमुख प्रजापतिले नाफा र सेवा भावको हिसाबले व्यवसाय गर्नुपर्ने, सैद्धान्तिक र व्यवहारिक शिक्षालाई सँगसँगै लानुपर्नेमा जोड दिनुभयो ।

अहिलेका युवा पुस्ता एक्काइसौं शताब्दीको लागि लायक हुनुपर्छ भन्नुहुँदै उहाँले विद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षा प्राप्त गरी त्यसलाई व्यवहारिक रुपमा लागु गर्नुपर्ने बताउनुभयो ।

सरकार समृद्धिको नारा लगाएर दुर्गतितर्फ गइरहेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले सरकारको केन्द्रीकृत मानसिकताले देश अगाडि बढ्न नसकेको आरोप लगाउनुभयो ।

कार्यक्रममा बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा, सहप्रअ ज्ञानसागर प्रजापति, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र प्रा.डा. सिद्धिवीर कर्माचार्यलगायतले कार्यक्रमको महत्व र उपादेयताबारे प्रस्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.