Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाद्वारा चित्तपोलको ल्योसिंगुमा ४०० रुख वृक्षारोपण

भक्तपुर । २०७६ जेठ २२ गते, बुधबार

0

विश्व वातावरण दिवस (June 5) को अवसरमा भक्तपुर नगरपालिकाले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको ल्योसिंगु
(लिंगो गुठी सामुदायिक वन, चित्तपोल) मा बुधबार ४०० वटा सल्लाको रुख वृक्षारोपण गर्यो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालनको लागि नभई नहुने वन (ल्योसिंगु) लाई संरक्षण र हराभरा बनाउन नगरपालिकाले अघिल्लो वर्ष पनि वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको स्मरण गर्नुहुँदै सामुदायिक वन–जंगल सभ्यता र संस्कृतिसँग जोडिएको हुँदा यसको संरक्षण गर्नु आवश्यक भएको बताउनुभयो ।

वृक्षारोपण गर्नुभन्दा पनि त्यसको संरक्षण र हुर्काइमा विशेष ध्यान दिनुपर्ने औंल्याउनुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो ‘मानव जीवनको श्वासप्रश्वासमा सन्तुलन कायम गर्न बोट–विरुवा सन्तुलित रुपमा काट्ने र रोप्ने व्यवस्था गर्नुपर्छ ।’

नगर स्वच्छ बनाउन हरियाली व्यवस्थापन महŒवपूर्ण हुने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको सुन्दरता कायम गर्न नगरपालिका पोखरी सरसफाइ, वृक्षारोपण, ढुंगेधारा उत्खनन् र सम्पदा संरक्षण कार्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले संस्कृति जोगाउन वातावरण संरक्षण गर्नु आवश्यक भएको बताउनुहुँदै नयाँ पुस्तालाई पनि संस्कृति संरक्षणको कुराहरू सिकाउँदै लानुपर्ने र भक्तपुर जिल्लाका चारवटै नगरहरू सफा र स्वच्छ बनाउने उद्देश्यले वृक्षारोपण कार्यलाई जोड दिएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले बढ्दो प्रदूषणले मानव जीवनमा नकारात्मक असर पु¥याइरहेको चर्चा गर्नुहुँदै मानव सभ्यता अगाडि बढाउन वातावरण संरक्षण आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्वले उपत्यकाका संस्कृतिलाई निरन्तर चलाउन ऐतिहासिक महत्व बोकेको जंगल जोगाउनु आवश्यक भएको बताउनुभयो ।

लिंगो गुठी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेखर खड्काले उपत्यकाका ऐतिहासिक जात्रा सञ्चालनको निम्ति ल्योसिंगुबाट लगिएका रुख प्रयोग हुने भएको बताउनुहुँदै वन संरक्षणको औंचित्यताबारे प्रस्ट पार्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले ल्योसिंगुको सांस्कृतिक महत्वमाथि प्रस्ट पार्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य सरिना द्योलाले पनि बोल्नुभएको थियो ।

भक्तपुर नपाका नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सम्पन्न वृक्षारोपण कार्यक्रममा भक्तपुर नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरू तथा चाँगुनारायण नगरपालिका ९ नं. वडा कार्यालय, विभिन्न संघ–संस्थाहरू प्रगति युवा समाज सौडोल, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ कलेज र ख्वप पोलिटेक्निटक इन्स्टिच्युट, देवी मावि र चित्तपोल, ताथलीका स्थानीय जनताहरूको सहभागिता रहेको थियो ।

   

Leave A Reply

Your email address will not be published.