Explore news and happenings at Bhaktapur

तारा माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम

२०७६ वैशाख ३ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा दिने उद्देश्यले विभिन्न कलेजहरूको स्थापना गरेको बताउनुहुँदै चरित्रवान र नैतिकवान व्यक्तिले मात्र समाजको निम्ति इमानदारीपूर्वक काम गर्ने बताउनुभयो ।

तारा माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका ७४ जना नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा वार्षिक पुरस्कार वितरण कार्यक्रममा बोल्नुुहुँदै नगर प्रमुख प्रजापतिले असल नागरिक र चरित्रवान नागरिक बन्न अध्ययन गर्न विद्यार्थीहरूमाझ आह्वान गर्नुभयो ।

उहाँले माथिल्लो तहमा पुगेकाहरू स्वार्थी, अवसरवादी र आपराधिक चरित्रका भएका कारण जनताले दुःख भोगिरहेको बताउनुहुँदै राजनीतिलाई व्यापारीकरण र अपराधीकरणबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले उच्च शिक्षा अध्ययन गर्न विषय छनोटको अधिकार विद्यार्थीलाई दिनुपर्छ भन्दै भक्तपुर नगरपालिकाले राजनीतिशास्त्र, इतिहास, संस्कृति र भूगोल आदि विषय लिएर पढ्ने विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरको बताउनुभयो ।

२०७५ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई पुरस्कार वितरणसमेत गरिएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले भक्तपुरका सामुदायिक विद्यालयहरूले देशकै नमुना विद्यालयको रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र व्यवहारिक ज्ञान पनि दिनु आवश्यक रहेको बताउनुभयो ।

संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष अम्बिका न्याइच्याइँले विद्यार्थीको सर्वाङ्णीण विकासको निम्ति अतिरिक्त क्रियाकलाप र विभिन्न प्रतियोगिताहरूको आवश्यकता औंल्याउनुहुँदै देशको लागि आवश्यक सक्षम र जवाफदेही नागरिक तयार गर्न विद्यार्थीहरूले जोड दिनुपर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक पुष्पलाल सुजखुले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, कला, संस्कृतिको संवद्र्धन गर्न खोजेको बताउनुहुँदै विद्यालयको व ार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धव सुजखु र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र सुवाल, शिक्षिका प्रेमलक्ष्मी त्वायना, विद्यार्थी हित समितिका अध्यक्ष सानिया देशेमरु र नवआगन्तुक विद्यार्थी प्रतिनिधिहरूले पनि स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापति तथा अन्य अतिथिहरुले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.