Explore news and happenings at Bhaktapur

आवास योजना उपसमितिको अध्यक्ष नगर प्रमुख नै हुनुपर्नेमा जोड

२०७६ जेठ २ गते, बिहीबार २०७६ जेठ २ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यकामा व्यवस्थित सहरको विकास गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकमा बोल्नुहुँदै प्रमुख प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्थित आवास योजनाको विकास गर्ने अधिकार स्थानीय तहको भएको प्रस्ट उल्लेख भएको हुँदा कुनै व्यक्ति वा कम्पनीलाई स्वीकृति दिन नहुने विचार राख्नुभयो ।

उहाँले आवास योजना व्यवस्थापन उपसमितिका अध्यक्ष नगर प्रमुख नै हुनुपर्नेमा जोड दिनुहुँदै संविधान र कानुन विपरीत जिल्ला समन्वय समितिका प्रमुखलाई प्रस्ताव गरेकोमा आपत्ति जनाउनुभयो ।

प्रमुख प्रजापतिले काठमाडौं उपत्यकामा भएको जनसंख्या वृद्धिका कारण उपत्यकामा अपराधको घटना बढिरहेको, खानेपानीको समस्या भएको र अव्यवस्थित बस्ती विकास भइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले केन्द्रीकृत मानसिकताले देशको विकासमा बाधा पुगिरहेको बताउनुभयो ।
आवास योजनाको नाममा उपत्यकाका खेतीयोग्य जमिनमा अव्यवस्थित बस्ती विकास हुनुमा चिन्ता व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले काठमाडांैं उपत्यकाको मौलिकता जोगाइराख्न प्राधिकरणले ध्यान दिनुपर्ने बताउनुभयो ।

संविधान र कानुन बाहिरका विषयहरू प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै प्रमुख प्रजापतिले आफू बैठकमा सहभागी हुन नसक्ने भन्दै बैठकबाट बाहिरिनुभयो ।

Leave A Reply

Your email address will not be published.