Explore news and happenings at Bhaktapur

भक्तपुरमा मोतिबिन्दुको शल्यक्रिया नियमित हुने

भक्तपुर, २०७६ वैशाख २७ गते, शुक्रबार

0

तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा भक्तपुर जिल्लामा सञ्चालनमा रहेको भक्तपुर जिल्ला सामुदायिक आँखा केन्द्रले क्रमशः आफ्नो सेवा विस्तार गरेको छ ।

भक्तपुरमै एउटा सुविधासम्पन्न आँखा अस्पताल बनाउने उद्देश्य लिएको केन्द्रले अब २०७६ साल जेठ १ गतेदेखि हरेक दिन साँझ ३ः३० बजेदेखि ५ः३० बजेसम्म विस्तारित आँखा सेवा प्रदान गर्ने भएको छ भने प्रत्येक महिनाको दोस्रो तथा चौथो सोमबार मोतिबिन्दुको शल्यक्रिया गर्ने जनाएको छ । भक्तपुरमा मोतिबिन्दुको शल्यक्रियाको लागि गत २०७५ साल चैत १५ गते नै शल्यक्रिया कक्षको उद्घाटन गरिसकेको छ ।

केन्द्रको सेवा बिस्तार गर्ने निर्णय २०७६ साल वैशाख २७ गते केन्द्रको व्यवस्थापन समितिको अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले गरेको स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.