Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृति वितरण

भक्तपुर, २०७६ वैशाख २२ आइतबार

0

ख्वप कलेज तथा शारदा क्याम्पसमा स्नातक तह पहिलो र दोस्रो वर्ष, बीबीएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरिब तथा जेहनदार ८० विद्यार्थीहरूलाई आइतबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले छात्रवृत्ति वितरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले छात्रवृत्ति पाउन सफल विद्यार्थीहरूबाट कलेजले लिएको उद्देश्य पूर्तिमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक रूपले कमजोर जनताले समेत उच्च शिक्षामा पहुँच पुर्याउन सकियोस् भन्ने उद्देश्यले भनपाले कलेजहरू सञ्चालन गरिरहेको छ । हाम्रा विद्यार्थीहरू अनुशासित हुनुका साथै २१ औ‌ शताब्दीको चुनौतिलाई सामना गर्न सक्ने सक्षम हुनुपर्छ ।”

आर्थिक कमजोरीका कारण बीचमा पढाइ छोड्न नपरोस् भन्ने भावनाकासाथ भनपाले रू. ५ लाखसम्मको सहुलियत ब्याज दरमा शैक्षिक ऋण प्रदान गर्ने व्यवस्था गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “सबै विद्यार्थीहरूलाई सम्मानढ·ले अगाडि बढाउने सोच भनपाले लिएको छ । भनपाको अनुमतिमा अनुसन्धान तथा रिपोर्ट तयार गर्ने विद्यार्थीहरूलाई नगरपालिकाले आर्थिक सहयोग दिने व्यवस्था गरेको छ ।”

सोध—अनुसन्धानको निचोडअनुसार नगरपालिकाले सरसफाई, सम्पदा संरक्षण, पुनःनिर्माण, स्वास्थ्य सेवा, पर्यटन विकास र शिक्षाक्षेत्रमा विशेष जोड दिई कार्य गरिरहेको जानकारी दि“दै प्रमुख प्रजापतिले समाजउपयोगी हुने विषयमा अनुसन्धान गर्नुपर्ने खाँचो आैल्याउनुभयो ।

“भनपामा बस्ने हरेक नागरिक स्वस्थ र शिक्षित होस् भन्ने उद्देश्यले नगरपालिकाले काम गरिरहेको छ । भनपालाई देशकै नमूना नगर बनाउने हाम्रो योजना छ । भनपाबाट सञ्चालन हुने ख्वप विश्वविद्यालय देशकै नमूना विश्वविद्यालय हुनेछ”, उहाँले भन्नुभयो ।

संविधानको भावनाअनुसार काम नगरी देशमा निर्देशित सङ्घीयता लागू गर्न खोज्ने ओली सरकारको कदमको हामी विरोध गर्छौ“, प्रमुख प्रजापतिले भन्नुभयो ।

ख्वप कलेजका प्राचार्य रूपक जोशीले कलेजको छात्रवृत्ति प्रदान गरिने नियमहरूबारे जानकारी दिँदै विश्वविद्यालयले निर्धारण गरेअनुसार कलेजले छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.