Explore news and happenings at Bhaktapur

कालो टोपी (टका टपली) बनाउने स्थानीयहरूको भेला

२०७६, वैशाख १६ गते, आइतबार

0

भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपाभित्र कालो टोपी (टका टपली) बनाउने स्थानीयहरूको भेला गरेको छ ।

भेलामा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिक उत्पादनमा जोड दिई त्यसको मौलिकता जोगाउने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो । उहाँले पर्यटकीय नगर भक्तपुरमा आन्तरिक र बाहुय पर्यटकहरूको आवागमन बढिरहेको बताउनुहुँदै मौलिक वस्तुहरूमा भएको गुणस्तरीयताले त्यसको महत्वलाई बढाउने चर्चा गर्नुभयो । उहाँले मौलिक वस्तुको बेवास्ता गर्दा परिचय गुम्ने खतरा भएको बताउनुहुँदै प्रमुख प्रजापतिले मौलिक पेशाहरूलाई नयाँ पुस्तामाझ हस्तान्तरण गरी व्यवसायीकरण गर्दै लानुपर्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुरको पहिचान भनेकै यहाँका सांस्कृतिक सम्पदा, नाचगान, मूर्त–अमूर्त सम्पदा रहेको बताउनुहुँदै कालो टोपी बनाउने नगरवासीहरूको पहिचान गरी वडागत रुपमा तथ्याङ्क संकलन गरिरहेको बताउनुभयो । उहाँले सस्तो भन्दा गुणस्तरीय टोपी बनाउनुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.