Explore news and happenings at Bhaktapur

शिक्षा व्यवस्था राम्रो भएको देशको विकास पनि छिटो हुने – प्रमुख प्रजापति

भक्तपुर, २०७५ चैत २६ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा देशकै सबभन्दा राम्रो शिक्षा दिई समाजलाई व्यवस्थित ढंगले अगाडि बढाउने विचार व्यक्त गर्नुभयो ।

साइनिङ्ग स्टुडेन्टस्स एकेडेमीको वार्षिक कार्यक्रमअन्तर्गत ‘त्जभ क्जष्लष्लन ज्भचय या तजभ थ्भबच द्दण्ठछ’ को पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले विद्यार्थीहरुलाई विभिन्न देशको भाषा सिक्न र तालिमहरु प्राप्त गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुको चाहना र इच्छाबमोजिम आफूले रोजेको विषय अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रमुख प्रजापतिले जुन देशको शिक्षा व्यवस्था राम्रो हुन्छ त्यो देश तुलनात्मक रुपमा अगाडि बढ्ने बताउनुहुँदै भक्तपुर नगरपालिकाले शिक्षालाई विकासको आधार मानेको बताउनुभयो ।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागु भएपछि भक्तपुर नगरभित्रका विद्यालयहरुमा कक्षा १ र ६ सम्मको स्थानीय पाठ्यक्रमको पढाई सुरु गरिसकेको, कक्षा २ र ७ को स्थानीय पाठ्यक्रम तयारीको अवस्थामा रहेको जानकारी दिनुभयो ।

भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले शिक्षा नाफामुखी नभई जनमुखी हुनुपर्नेमा जोड दिंदै नक्साबमोजिम घर बनाउन र समयमै कर तिर्न आह्वान गर्नुभयो । उहाँले विद्यार्थीलाई पढाईसँगसँगै अतिरिक्त क्रियाकलापमा संलग्न गराई नियमित स्वास्थ्य जाँच पनि गरिनु आवश्यक भएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रबिन छुस्याकीले विद्यार्थीको निगरानीमा अभिभावक सचेत हुनुपर्ने र विद्यालयले अनुशासन र सरसफाइमा विशेष जोड दिइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापति र अतिथिहरुले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.