Explore news and happenings at Bhaktapur

बिस्का जात्रा व्यवस्थित गरिने

२०७५ चैत २१ गते, बिहीबार

0

भक्तपुरको ऐतिहासिक तथा प्रसिद्ध बिस्का जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा भव्यताका साथ सम्पन्न गर्न गठित विशेष कार्यदलको बैठक बिहीबार भक्तपुर नपाको सभाकक्षमा बस्यो ।

बैठकले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, सुरक्षा निकाय, सरकारी कार्यालयहरु, स्थानीय टीम, क्लब, पुस्तकालय, वाचनालय, विद्यालय, कलेज, सहकारी संस्था, दाफा भजन व्यवसायीलगायत सम्पूर्ण जनताको सहभागितामा २०७५ चैत्र २७ गते बिहान ७ बजे सद्भाव ¥याली तथा जनचेतना सभा आयोजना गर्ने, जात्राको अवधिमा रथ तानिने मूल सडक, जात्रा हुने स्थान र चोकहरुमा राखिएका भग्नावशेष एवम् निर्माण सामग्रीहरु यही २०७५ चैत २५ गतेभित्र सम्बन्धित व्यक्तिहरु आफैले हटाउन सार्वजनिक सूचना प्रकाशित गर्ने, २०७५ चैत २७ गते र ०७६ वैशाख ५ गते भैरवनाथको रथ तानेर पूर्वमा बढीमा बुलबुल हिटी, सुकुलढोकासम्म र पश्चिममा बढीमा नासमनासम्म मात्र लाने सीमा निर्धारण गर्ने, ती दिनहरुमा भैरवनाथको रथ दिनको २ बजेबाट तान्न सुरु गरेर साँझ ६ बजेसम्ममा निर्धारित स्थानमा रथ बिसर्जन गर्ने, जात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नगरपालिका, गुठी संस्थान, प्रहरी प्रशासन, भैरवनाथ जात्रा व्यवस्थापन समिति, स्थानीय टिम र क्लब, स्थानीय जनताले आवश्यक सुरक्षा प्रबन्धका लागि समन्वयात्मक भूमिका खेल्ने, जात्रालाई शान्तिपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गर्न सर्वसाधारण जनतामा आह्वान सहित प्रचारप्रसार तथा सभा कार्यक्रम आयोजना गर्ने र जात्राको समयावधिमा भक्तपुर नगर क्षेत्रका भट्टी पसल तथा मदिरा पसलहरुमाथि निगरानी एवम् नियन्त्रण गर्न प्रहरी प्रशासन परिचालन गर्ने निर्णय ग¥यो ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.