Explore news and happenings at Bhaktapur

इञ्जिनियरिङका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण

२०७५ चैत १७ गते, आइतबार

0

ख्वप इञ्जिनियरिङ कलेजको आयोजनामा शैक्षिक सत्र २०७५÷७६ मा स्नातकोत्तर तह अर्थक्वेक इञ्जिनियरिङ र अर्बान डिजाइन एण्ड कन्जरभेसन शैक्षिक कार्यक्रममा भर्ना भएका नयाँ विद्यार्थीको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इञ्जिनियरिङ कलेजमा नयाँ भर्ना भएका विद्यार्थीलाई देशकै राम्रो इञ्जिनियर भएर देश र समाजको इमानदारीपूर्वक सेवा गर्न मार्गनिर्देशन दिनुभयो ।

मानव सभ्यतासँग जोडिएको सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्नु साझा दायित्व भएको बताउनुहुँदै प्रमुख प्रजापतिले पुरानो बस्तीसँग इतिहास जोडिएको हुन्छ र त्यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

विदेशी पुँजीको कारण देशको अर्थतन्त्र विदेशीको नियन्त्रणमा जाने सम्भावना भएको बताउनुहुँदै प्रमुख प्रजापतिले विदेशी पुँजीले देशलाई परनिर्भर बनाई देशको अर्थतन्त्र ध्वस्त बनाइरहेको र विदेशी लगानी गराई सरकारले आफ्नो लाचारी प्रदर्शन गरिरहेको बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले देशभरिका विद्यार्थीहरूलाई सस्तो र गुणस्तरीय इञ्जिनियरिङ शिक्षा दिइरहेको बताउनुहुँदै विद्यार्थीहरुले समाज परिवर्तनको निम्ति प्रतिबद्ध भई योगदान गर्न आह्वान गर्नुभयो ।

कलेज सञ्चालक समितिका उपाध्यक्ष तथा उपप्रमुख रजनी जोशीले शिक्षाको लागि नमुनाको रुपमा प्रस्तुत भक्तपुर नगरपालिकाले अरु विविध क्षेत्रमा पनि अनुकरणीय कार्य गरिरहेको बताउनुभयो । उहाँले भक्तपुरका सम्पदा पुनःनिर्माण तथा नवनिर्माणमा ख्वप इञ्जिनियरिङ कलेजका विद्यार्थीहरूले अध्ययन–अनुसन्धानमा जोड दिइरहेको बताउनुभयो ।

ख्वप इन्जिनियरि· कलेजका प्राचार्य ई.सुजन माक र ख्वप कलेज अफ इन्जिनियरि·का प्राचार्य ई.सुनिल दुवालले कलेजहरुको उद्देश्यबारेमा बताउनुभयो ।

प्राध्यापक मोहनमूर्ति पन्तले शहरी विकास र योजना र डा. सुवेगमान बिजुक्छेंले भूकम्पीय क्षती न्यूनीकरणबारेमा प्रस्तुतीकरण दिनुभएको सो कार्यक्रममा अर्थक्वेक इन्जिनियरि· विभागमा प्रमुख डा.मन्जिप शाक्यले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.