Explore news and happenings at Bhaktapur

सिद्धिगणेश कप २०७५ आजबाट सुरू

२०७५ चैत १६ गते, शनिबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दिप प्रज्ज्वलन गरी शनिबार सिद्धि गणेश कप २०७५ को उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले खेलाडीहरुले अनुशासित भई खेल खेलेर आफ्नो व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने र भक्तपुर नगरपालिकाले युवा खेलाडीहरूलाई क्रियाशील बनाउन प्रत्येक वर्ष खेलकुद प्रतियोगिताहरूको आयोजना गर्दै आएको बताउनुभयो ।

माहेश्वरी खेल मैदान सुधार र व्यवस्थापनको लागि नक्सा डिजाइन भइसकेको बताउनुहुँदै प्रमुख प्रजापतिले खेलाडीहरुले व्यक्तिगत स्वार्थ भन्दा पनि देशको इज्जतको निम्ति खेल्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले खेलकुदमा अलग बजेट छुट्याई खेलकुद कार्यविधि बनाई अगाडि बढेको बताउनुहुँदै व्यवस्थित र अनुशासित खेलाडी तयार गर्ने उद्देश्य नगरपालिकाले रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शरीर स्वस्थ राख्न खेलकुद गतिविधिहरु आवश्यक भएको र खेलाडीहरुले देशको इज्जत राखी सामाजिक दायित्व बहन गर्नु आवश्यक भएको बताउनुभयो ।

अखिल नेपाल फुटबल संघका उपाध्यक्ष बीरबहादुर खड्काले व्यवस्थित खेलमैदानको व्यवस्थाले राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने र खेलाडीलाई हौसला दिने गतिविधिको सञ्चालन आवश्यक भएको बताउनुभयो ।

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुले खेलकुद मित्रता, अनुशासन र जागरुकताको लागि हुनुपर्ने र खेलकुदमा अगाडि बढ्नेहरु व्यक्तिगत स्वार्थ र लोभलालचमा फस्न नहुने बताउनुभयो ।

खेल समितिका सल्लाहकार कृष्णगोविन्द लाखाजुले खेलाडी उत्पादनको लागि व्यवस्थित खेलमैदानको आवश्यकता औंल्याउँदै खेलकुद विकासको लागि नगरपालिकाको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

सिद्धिगणेश खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण लाखाजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा खेलकुद समितिका सचिव रामेश्वर लाखाजु र ईश्वरमान दुमरुले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.