Explore news and happenings at Bhaktapur

भक्तपुर नपा वडा नं. ९ मा फिजिकल फिटनेस सामाग्री उद्घाटन

२०७५ चैत १६ गते, शनिबार

0

भक्तपुर नगरपालिका वडा नं. ९ मा शनिबार नगरपालिकाद्वारा वितरित फिजिकल फिटनेस सामाग्रीको उद्घाटन भयो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले शारीरिक श्रम घट्दै जाँदा विभिन्न रोग लाग्ने सम्भावना भएको हुँदा स्वस्थ खानपान र नियमित व्यायाममा ध्यान दिनुपर्ने बताउनुभयो ।

नगरवासीलाई स्वस्थ बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले नगरको १० वटै वडामा शारीरिक व्यायामका सामग्रीहरु वितरण गरिसकेको र घरदैलो नर्सिङ सेवा पनि सञ्चालन भइरहेको जानकारी गराउनुभयो । उहाँले देशकै सानो नगर भएर पनि अरु नगरपालिकाको लागि उदाहरणीय कार्य गरी अगाडि बढिरहेको बताउनुभयो ।

समाज परिवर्तनको लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी नगरपालिकाले आफ्ना गतिविधि सञ्चालन गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले नयाँ पुस्तालाई आयुर्वेदिक उपचार सेवाबारे जनचेतना जगाउनु आवश्यक भएको उल्लेख गर्नुभयो ।

युवा तथा खेलकुद समितिका सदस्य कुमार चवालले भक्तपुर नगरपालिकाले विभिन्न खेलहरुको प्रशिक्षण दिंदै आएको र विद्यालयस्तरीय तथा वडाव्यापी खेलकुद प्रतियोगिता गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाद्वारा वितरित व्यायाम सामग्रीको प्रभावकारी ढंगले उपयोग गर्नुपर्ने र स्वस्थ जीवन बाँच्न नियमित व्यायामको आवश्यकता रहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगरवासीको स्वास्थ्य राम्रो बनाउन व्यायाम सामग्रीको उपयोग गर्न नगरवासीमा आह्वान गर्नुहुँदै असल नागरिकको परिचय दिन पसल व्यवसायहरु दर्ता गरी समयमै कर तिर्नुपर्नेमा जोड दिनुभयो ।

राजेश प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ९ नं. वडा खेलकुद समितिका उपाध्यक्ष बाबुकाजी मानन्धर, स्थानीय दिपेन्द्र प्रजापति र सृजना प्रजापतिले पनि व्यायाम–सामग्रीको उद्देश्य र महŒवबारे आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रजापतिले ९ नं. वडाका १०५ वर्षीय ज्येष्ठ सदस्य भीमथकु प्रजापतिलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने वडाकै कलाकारद्वय भीमप्रसाद प्रजापति र सुरेन्द्र प्रजापतिलाई पनि मायाको चिनो प्रदान गर्नुभएको थियो । सोही कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका ९ नं. वडा खेलकुद समितिको आयोजनामा दत्तात्रयमा सम्पन्न पावर लिप्mिटङ प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.