Explore news and happenings at Bhaktapur

मानव अंग प्रत्यारोपण केन्द्रलाई दुई वटा हेमोडाइलाइसिस मेशिन हस्तान्तरण

भक्तपुर, चैत १० गते ।

0

भक्तपुर जिल्लाकै पुरानो भक्तपुर अस्पतालले आप्mनै परिसरमा सञ्चालित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रलाई आइतबार २ वटा हेमोडाइलाइसिस मेशिन हस्तान्तरण गरेको छ । अस्पतालको सभाकक्षमा आयोजित एक कार्यक्रममा प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज गर्तौलामार्फत ती मेशिनहरु केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

केन्द्रमा दैनिक २०० जनाको हाराहारीमा मृगौला रोगीहरुलाई डाइलाइसिस उपचार गरिरहेको र रोगीहरुको चाप दिनहुँ बढिरहेको सन्दर्भमा उपचारलाई थप सहज बनाउन मेशिनहरु हस्तान्तरण गरिएको अस्पताल स्रोतले बतायो । भक्तपुर अस्पतालमा ती मेशिनहरु दुई वर्षअघि जर्मन सहयोग संस्थाले सहयोग स्वरुप प्रदान गरिएको र हालसम्म जनशक्ति अभावको कारण प्रयोगमा नआइरहेको चर्चा गर्दै आप्mनै परिसरमा रहेको देशकै उत्कृष्ट अंग प्रत्यारोपण अस्पताललाई मेशिन प्रदान गर्न पाएकोमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताउनुभयो ।

जवाफमा केन्द्रका निर्देशक डा. श्रेष्ठले अस्पताललाई धन्यवाद ज्ञापन गर्दै अस्पताललाई आवश्यक पानी केन्द्रको तर्फबाट प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अंग प्रत्यारोपण केन्द्रमा मृगौलासंगै कलेजोको सफल प्रत्यारोण भइरहेको उल्लेख गर्दै २ जना मुटुरोग विशेषज्ञको दरवन्दी सरकारले बन्दोबस्त गरेमा दक्षिण एसियामै उत्कृष्ट स्तरको मुटु रोग उपचार गर्न सक्ने क्षमता रहेको बताउनुभयो । हालै अस्पतालले प्रदान गरेको डाइलाइसिस मेशिनमध्ये एउटाले भक्तपुरबासीलाई प्राथमिकतामा राखेर उपचार सेवा प्रदान गर्ने उहाको भनाइ थियो ।

कार्यक्रममा मन्त्री गर्तौलाले भक्तपुर अस्पताल जिल्लास्तरको मात्र नभई क्षत्रीय स्तरको भएको चर्चा गर्दै अस्पताल विकासको निम्ति प्रदेश सरकार सबै खालको सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले अस्पतालमा चिकित्सक, प्रशासन र विभागहरुबीच समन्वयको अभाव भएको आफूले अनुभव गरेको उल्लेख गर्दै स्थानीय तह र स्थानीय जनताको भावना अनुसार सेवा सुविधा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.