Explore news and happenings at Bhaktapur

आधारभूत तह कक्षा ८ को परीक्षा सुरु

२०७५ चैत ७ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७५ को परीक्षा केन्द्र एभरेष्ट इङ्गलिश सेकेन्डरी स्कूल, बासु मावि र वागीश्वरी माविको स्थलगत निरीक्षण गर्नुभयो ।

चैत ७ गतेबाट सुरु कक्षा ८ को परीक्षामा भक्तपुर नगरपालिकाभित्रका ६७ वटा विद्यालयका २ हजार ४ सय ६९ जना विद्यार्थीहरु सामेल छन् । आज सम्पन्न अंग्रेजी विषयको परीक्षामा कूल २ हजार ४ सय ९२ जना मध्ये २३ जना विद्यार्थी परीक्षामा अनुुपस्थित रहेकाे नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले जानकारी दिनुभयो । नगरस्तरीय आधारभूत शिक्षा कक्षा ८ को परीक्षा सञ्चालनको लागि  परीक्षा केन्द्र पद्म मावि, एभरेष्ट इङगलिश सेकेन्डरी स्कूल, बासु मावि, जेन्युइन सेकेन्डरी स्कूल, बागीश्वरी मावि, वाइजल्याण्ड सेकेन्डरी स्कूल र आदर्श आजाद मावि गरी ७ वटा विद्यालयमा रहेको र नगरस्तरीय आधारभूत तह कक्षा ८ को परीक्षाको पहिलो दिन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको जानकारी नगर शिक्षा समितिले जनाएको छ।  गत वर्षदेखि आधारभूत तहको परीक्षा नगरपालिकाले सञ्चालन गर्दै आएको हो । परीक्षाको उत्तरपुस्तिकाहरु कोडिङ प्रणालीमार्फत् परीक्षण गरिने नगर शिक्षा समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.