Explore news and happenings at Bhaktapur

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणकाे टाेली भक्तपुरमा

भक्तपुर, २०७५ फागुन ११ गते शनिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग शनिबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख आयुक्त सुशिलचन्द्र ज्ञवालीको नेतृत्वमा अाएकाे टोलीले भेट गर्याे ।


उक्त टोलीले भक्तपुर नपा वडा नं. १ स्थित निर्माणाधिन भाजुपोखरी, सिद्धपोखरी, भक्तपुर दरबार क्षेत्र, कला संग्रहालय, न्यातपोल मन्दिर र भैरवनाथ मन्दिरको स्थलगलत अवलोकन गर्नुभयो ।
भेटमा अायुक्त ज्ञवालीले रानीपोखरी पुनःनिर्माणमा प्राविधिक सहयोगको लागि भक्तपुर नगरपालिबाट सहयाेगकाे लािग अाग्रह गरेकाेमा भक्तपुर नगरपालिकाका  प्रमुख प्रजापतिले सहयाेग सकारात्मक रहेको बताउनुहुँदै काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा सबैको साझा सम्पदा भएको र यसको संरक्षण र सम्बद्र्धन गर्नु पनि साझा कर्तव्य भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका सम्पदाहरु उपभोक्ता समिति र जनसहभागितामा सम्पन्न भएको जानकारी गराउनुहुँदै विदेशी सहयोग विना नै भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण कार्य भइरहेको बताउनुभयो ।
काठमाडौंको रानीपोखरीको पुनःनिर्माण कार्य काठमाडौं महानगरपालिकाले काठमाडौं विकास प्राधिकरणलाई सुम्पेको बताउनुहुँदै प्रमुख आयुक्त ज्ञवालीले भक्तपुरको पुनःनिर्माणबाट आफूहरु प्रभावित भएको र रानी पोखरी पुनःनिर्माण कार्यमा भक्तपुर नगरपालिकाबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
भक्तपुरको पुननिर्माणबाट निकै प्रभावित भएकाे बताउनुहुँदै उहाँले रानीपाेखरी पुननिर्माण कार्य अब छिट्टै सुरू हुने जानकारी गराउनुभयाे ।

उक्रत भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गाेरा, वडा नं. ठ का वडाध्यक्ष उकेश कवां र वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र पर्यटन अधिकृत गाैतमप्रसाद लासिवाकाे पनि उपस्थिति रहेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.