Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिले भेटे विभिन्न नपाका उपप्रमुख

लालबन्दी, १७ माघ २०७५, बिहीबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार लालबन्दी नगरपालिकाका उपप्रमुख शान्ति लामा, तामाकोसी गाउँपालिकाका उपप्रमुख उर्मिला खड्का, बागमती नपा उपप्रमुख लीलाकुमारी मोक्तान, जिरी नपाका कृष्णमाया बढाथोकी, भीमेश्वर नगरपालिकाका कमला बस्नेतसँग संयुक्त भेट गर्नुभयो ।


भेटमा बोल्नुहुँदै प्रमुख प्रजापतिले केन्द्र सरकारको हस्तक्षेप स्थानीय सरकारमा अस्वीकार्य हुने बताउनुभयो । उहाँले देशको सन्तुलित विकासको निम्ति स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, संस्कृतिमा भइरहेको कार्यबारे जानकारी दिनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाको स्वामित्वमा ख्वप विश्वविद्यालय सञ्चालन गरी सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने, सस्तो र गुणस्तरीय चिकित्सा शिक्षा दिने र भक्तपुर नगरलाई एक उदाहरणीय नमुना नगर बनाउने लक्ष्य बोकेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीको निम्ति ५ लाखसम्मको ऋणको कार्यविधि पास गरेको बताउनुहुँदै कडा रोग लागेका नगरवासीहरुको निम्ति १०,००० को आर्थिक सहयोग प्रदान गरिरहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भनपाको स्वामित्वअन्तर्गत २५ शैय्याको ख्वप अस्पताल निर्माणको कार्य अगाडि बढिसकेको र नगरको १० वटै वडामा घरदैलो नर्सिङ सेवा दिइरहेको बताउनुभयो ।
भेटमा लालबन्दी नगरपालिकाका उपप्रमुख शान्ति लामाले कर्मचारी समायोजनका कारण नगरपालिकाको कार्यसञ्चालनमा बाधा परेको, स्थानीय तह स्वायत्त सरकार भए पनि स्वतन्त्र रुपमा काम गर्न गा¥हो भएको बताउनुभयो ।
भेटमा भनपा वडा नं. ५ का वडाअध्यक्ष राजकृष्ण गोरा, वडा १ का श्यामकृष्ण खत्री, ख्वप इ. कलेजका उपप्राचार्य रविन्द्र फोजु, नेक्राविसंघका केन्द्रीय अध्यक्ष सबिन ख्याजुलगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.