Explore news and happenings at Bhaktapur

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति र राजबिराज नपाका प्रमुख यादवबीच भेट

0

लाहान, १३ माघ २०७५, आइतबार ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार राजबिराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, उपप्रमुख साधना झा र प्रमुख प्रशासकीय अधिकृत राजेशराज कर्णसहितको टोलीसँग राजविराज नपाको कार्यालयमै भेट गर्नुभयो ।

भेटमा प्रमुख प्रजापतिले कुनै क्षेत्रको विकासमा त्यहाँको नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै समाज परिवर्तनको लागि नयाँ पुस्ताको सैद्धान्तिक स्तर उकास्नुपर्ने बताउनुभयो । राज्यको नेतृत्व राम्रो भए समाजको विकास व्यवस्थित तरिकाले अगाडि बढ्ने बताउनुहुँदै भक्तपुर नगरपालिकामा एनजीओ र आइएनजीओलाई प्रवेश निषेध गर्ने सोचले अगाडि बढिरहेको बताउनुभयो ।

भेटमा राजविराज नपाका प्रमुख यादवले नेपालको विकास नहुनुमा एनजीओ/आइएनजीओ प्रभाव बढी हुनु रहेको र राष्ट्रलाई आत्मनिर्भर बनाउन यस्ता विदेशी संस्थाहरुलाई पूर्ण रुपमा निषेध गरिनुपर्ने विचार राख्नुभयो ।

विदेशी सहयोग विना भक्तपुरका सांस्कृतिक सम्पदाहरुको संरक्षण हुनु गौरवको कुरा भएको र नगरवासीहरुको हितमा भक्तपुर नगरपालिकाको गतिविधि सराहनीय भएको बताउनुभयो ।

भेटमा भक्तपुर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ५ का वडाअध्यक्ष राजकृष्ण गोरा, इञ्जिनियर समाज नेपालका अध्यक्ष रविन्द्र फोंजु, नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सबिन ख्याजुलगायतको उपस्थिति थियो ।

 

Leave A Reply

Your email address will not be published.