Explore news and happenings at Bhaktapur

अन्तर नगर कराँते प्रतियोगिता मूल समिति भेला

0

भक्तपुर । २०७५ माघ २ गते, बुधबार

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरपालिकाका अन्तर नगर कराँते प्रतियोगिता मूल समिति भेला सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले खेलकुद प्रतियोगिताले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने अवसर भएको र विद्यालय तथा कलेज तहमा पनि विभिन्न प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो ।

युवाहरूलाई विकृति र बिसंगतिबाट जोगाउन खेलकुदको आवश्यकता भएको बताउनुहुँदै प्रमुख प्रजापतिले प्रतियोगितामा भाग लिने खेलाडीहरूलाई अनुशासित र राम्रो व्यवहार प्रदर्शनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
हरेक युवामा एउटा न एउटा खेलमा संलग्न होस भन्ने उद्देश्यका साथ भक्तपुर नपाले विभिन्न खेलहरूको नियमित तालिम प्रदान गरिरहेको बताउनुभयो ।

उहाँले धेरै भन्दा राम्रो काम र व्यवहारले मानिसहरू प्रभावित हुने भएकोले नगरपालिकाले राम्रो र नगरवासीको हित हुने कार्यक्रम र योजनाहरू नगरवासी र सम्बन्धित सारोकारवालाहरूस“ग आवश्यक छलफल गरी लागू गरिरहेको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नपा वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकला, वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.