Explore news and happenings at Bhaktapur

भक्तपुरमा २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

0

भक्तपुर । २०७५ माघ २ गते, बुधबार

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा बुधबार २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनीको आयोजना ग¥यो । शैक्षिक प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेंले बैंक डुबे पनि देश डुब्नुहुँदैन र बैड्ढले देश र जनताको हितको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
जनतालाई दुःख दिनको लागि ऐन–कानुन बनाएको हुँदैन भन्नुहुँदै उहाँले जनताको स–साना समस्या सम्बोधन गर्नको निम्ति बन्ने ऐन–कानुन निर्माणबारे सचेत हुनुपर्ने बताउनुभयो ।

हाम्रो देशमा अहिले विदेशीको प्रभाव बढिरहेको हुँदा देशको सार्वभौमिकता खतरामा भएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेेँले पुँजीवादी व्यवस्थामा नाफा र कमिसनले देश चल्ने बताउनुभयो ।
विदेशीले भनेको सामान किन्ने भए मात्रै सहयोग गर्ने विदेशी दाताको मानसिकता ठीक नभएको बताउनुहुँदै छाउपडी अहिलेसम्म हट्न नसक्नुमा सरकारकै कमजोरी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भूकम्पको जोखिमबाट बच्न जनचेतना नै आवश्यक भएको र घर बनाउँदा बलियो जग, माटो परीक्षण, नक्सा राम्रोसँग बनाई प्राविधिक सरसल्लाह गर्नुपर्नेमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भूकम्पको क्षतिलाई बिर्सेर अग्लो घर बनाउ“दा भविष्यमा खतरा हुने औंल्याउँदै सांसद सुवालले स्थानीय तहलाई पुनःनिर्माणको जिम्मा दिनु उपयोगी हुने बताउनुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा निर्माणमा पुरातत्व विभागको कार्यालयबाट ठेकेदारमार्फत काम गराएकोमा भक्तपुर नगरपालिकाले कमसल निर्माणलाई सच्याउने काम गरेको बताउनुहुँदै सबै सरकारी निकायहरुले पनि प्राचीन स्मारक संरक्षण ऐन र नगरपालिकाको नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भूकम्प पीडितलाई अनुदान रकम एकमुष्ट दिनुपर्ने र अनुदान रकम र समय बढाउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित इञ्जिनियरिङ कलेजले नेपालमै पहिलोपटक भूकम्पसम्बन्धी स्नात्तकोत्तर तहको अध्यापनको अवसर प्रदान गरिरहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेज अफ इञ्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले बोल्नुभएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.