Explore news and happenings at Bhaktapur

भक्तपुरका कृषकहरुलाई कृषि चुन प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०७५ पुस २९ गते गते, आइतबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार नगरपालिकाको सभाकक्षमा कृषकहरुलाई कृषि चुन प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कृषिको समस्या देशको प्रमुख समस्या भएको बताउनुहुँदै कृषि उत्पादन वृद्धिको लागि वैज्ञानिक र अनुसन्धानात्मक अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले कृषिमा आधुनिक विकासले राष्ट्रिय उत्पादन बढाउन सहयोग पुग्ने र त्यसको व्यवस्थित बजारीकरण आवश्यक भएको बताउनुभयो । उहाँले पर्यटकबाट उठ्ने आम्दानी नगरको विकास र नगरवासीकै हितको निम्ति प्रयोग भइरहेको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीले बहुमत किसान–मजदुरको हितका निम्ति काम गर्ने उद्देश्य बोकेको बताउनुहुँदै प्रमुख प्रजापतिले पारदर्शिता, अनुशासन र जनताको सहभागितामार्फत् भक्तपुर नगरपालिकाले कार्य अगाडि बढाइरहेको स्पष्ट पार्नुभयो ।

सम्पदा क्षेत्र संवेदनशील क्षेत्र भएकोले टौमढी क्षेत्रमा माघ १ गतेदेखि चारपांग्रे गाडी निषेध गर्न लागेको जानकारी उहाँले दिनुभयो । उहाँले नगरपालिकाको हरेक काममा नगरवासीको सहयोग भए मात्र सफल हुने बताउनुभयो ।

कार्यक्रममा कृषि प्राविधिक प्रशिक्षक रमिन्द्र सुवालले भक्तपुरको माटोमा अम्लियपना बढी भएको र त्यसलाई घटाउन चुनको प्रयोगको आवश्यकता भएको बताउनुभयो । उहाँले कृषि चुन प्रयोग नै समस्या समाधान नभएको बताउँदै घर–घरमा जैविक मल निर्माण गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाअध्यक्ष लक्ष्मीप्रसाद ह्यौ‌मिखा, वडा नं. ५ का वडाअध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल र सुनिता अवाललगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.