Explore news and happenings at Bhaktapur

रक्त तथा पिसाव परिक्षण शिविर सम्पन्न

0

२०७५ पुस २५ गते बुधबार

भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा स्थानीय वडावासीहरुको मधुमेह तथा मृगौला रोगसम्बन्धि जाँचका लागि रक्त तथा पिसाव परिक्षण शिविर बुधबार सम्पन्न भयो । नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रको प्राविधिक एवं जनसक्ति सहयोगमा वडा कार्यालयले विहान ८ देखि १२ बजेसम्म दत्तात्रय चोकमा आयोजना गरेको शिविरमा २१४ जनाको परिक्षण गरिएको थियो ।

विहान स्थानीय ज्येष्ठ नागरिक हरिलाल छुस्याबागको रक्त परिक्षणबाट शुरुवात गरिएको उक्त शिविरमा सहभागी सबैको प्रेसर समेत जाँच गरिएको कार्यपालिका सदस्य छोरीमैयाँ सुजखू (प्रजापति)ले बताउनुभयो । उहाँले नगरपालिकाले घरदैलो नर्सिङ सेवा संचालन गर्दा धेरै संख्यामा वडावासीहरुमा प्रेसर, मधुमेह, मृगौला लगायतका रोगहरु देखिएको हुँदा वडावासीहरुको स्वास्थ्य स्थितिबारे जानकारी लिई उपचार सेवा प्रभावकारी दिनसमेत शिविर संचालन गरेको जानकारी दिनुभयो ।

शिविरमा संकलन गरिएका रगत तथा पिसावको ल्याव परिक्षण केही केही समयपछि रिपोर्ट आउने र रिपोर्टमा समस्या देखिएका वडाबासीहरुलाई उपयुक्त समयमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने वडाध्यक्ष रविन्द्र ज्याख्वले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.