Explore news and happenings at Bhaktapur

भक्तपुर घरेलु तथा साना उद्योग संघको १४ औं जिल्ला अधिवेशन

0

२०७५ पुस २५ गते, मंगलबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् पूर्व सांसद नारायणमान बिजुक्छें (रोहित) ले मानव सभ्यताको विकासमा महिलाहरूमा भएको सीपले समाजलाई अगाडि बढाउन मद्दत पुगेको र समाज विकासमा महिलाहरूको भूमिका महट्वपूर्ण भएको बताउनुभयो ।

भक्तपुर घरेलु तथा साना उद्योग संघको १४ औं तथा महिला उद्यमी समितिको १३ औं जिल्ला अधिवेशन २०७५ को उद्घाटन समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि बिजुक्छेंले स्थानीय उत्पादनलाई सरकारले सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्ने र विदेशी वस्तु उपभोगमा निरुत्साहित गर्दै स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्र्नेे आवश्यकता औंल्याउनुभयो ।

घरेलु तथा साना उद्योगले जनताको स–साना आवश्यकता पूरा गर्ने र भविष्यमा आइपर्ने संकटमा आत्मनिर्भर भएर स्वदेशी उत्पादन गर्न मद्दत पुग्ने बताउनुहुँदै अतिथि बिजुक्छेंले यस्ता उद्योगहरूलाई संरक्षण गर्ने जिम्मा सरकारको भएको बताउनुभयो । सरकारले यसको संरक्षण र सम्बद्र्धनमा जोड दिनुपर्ने बताउनुहुँदै उहाँले देशको आर्थिक पक्ष बलियो बनाउन यस्ता स–साना उद्योगहरूलाई जोगाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको आर्थिक पक्ष कहालीलाग्दो स्थितिमा पुग्नुमा सरकार जिम्मेवार भएको बताउनुभयो । उहाँले सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारामा मात्र सीमित रहेको बताउनुहँदै व्यवहारिक रुपमा युवाहरूलाई रोजगारी दिने उद्योगहरूको स्थापना आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नगर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको र मौलिक वस्तु उत्पादन र उपभोगमा पनि नगरपालिकाले सकारात्मक कदम चालिरहेको बताउनुभयो । उहाँले भक्तपुरमा अवस्थित उद्योग–व्यवसायहरू व्यवस्थित रुपमा दर्ता गरी स्थानीय सरकारस“ग समन्वय गरी अगाडि बढ्न उद्योग व्यवसायीहरूमाझ आग्रह गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि नेपाल घरेलु उद्योग तथा साना उद्योग संघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले भक्तपुर घरेलु तथा साना उद्योग संघले देशभरिका जिल्लाका लागि उदाहरणीय कार्य गरिरहेको र नेपाल सरकारले उद्योगहरू सञ्चालन गरी युवाहरूलाई स्वदेशमै रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले भक्तपुर जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएको र भक्तपुर नगरपालिकाले मौलिक वस्तु उत्पादन र सम्पदाको सम्बद्र्धनमा महŒवपूर्ण योगदान दिइरहेको बताउनुभयो ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष विरेन्द्र जतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघका पूर्वअध्यक्ष सत्यनारायण प्रजापति, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, भक्तपुर घरेलु संघ प्रदेश नं. ३ का अध्यक्ष सूर्यकिरण श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघका विभिन्न प्रतिनिधिहरूलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा भक्तपुर घरेलु तथा साथा उद्योग संघको नवनिर्मित भवन निर्माण कार्यमा सहयोग गर्ने महानुभावहरूलाई प्रमुख अतिथि बिजुक्छेंले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.