सहकारी संस्थाहरुको अनुगमन जारी
२०७४ पुस २४ गते, मंगलबार
भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिको आयोजनामा मंगलबार भक्तपुर नपा वडा नं. १० स्थित बेखाल बचत तथा ऋण सहकारी संस्था लि. को अनुगमन गरियो ।
उक्त अनुगमनमा संस्थाको सहकारी शिक्षा, सदस्य केन्द्रित गतिविधि, संस्थाको आर्थिक पक्ष, सुशासन पक्षबारे छलफल भएको थियो । साथै तरलता, जगेडा कोष, शेयर पुँजी, सदस्यता वृद्धि, धितो मूल्याड्ढन तथा अनुगमन प्रविधिलगायत विभिन्न विषयमा निरीक्षण गरियो । अनुगमनमा समितिका सदस्यहरू हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां र रञ्जना त्वातीको सहभागिता रहेको थियो ।