Explore news and happenings at Bhaktapur

महेश्वरी बचतको ११ औं साधारणसभा

भक्तपुर, २०७५ पुस २१ गते शनिबार ।

0

महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं वार्षिक साधारणसभा महेश्वरी पीठ भक्तपुरमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजको उन्‍नतिको लागि सहकारी संस्थाहरूले काम गर्नुपर्ने बताउनुहुँदै शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कला–संस्कृति, सम्पदा र पूर्वाधार निर्माणमा विदेशीको सहयोगभन्दा पनि स्थानीय स्रोत–साधनबाट गरिरहेको बताउनुहुँदै विदेशी सहयोगमा विविध शर्त अमान्य हुने प्रष्ट्याउनुभयो ।
उहाँले भक्तपुरको विकास निर्माणका कार्यमा स्थानीय जनताबाट उपभोक्ता समितिमार्फत भएका कारण गुणस्तरीय हुनुका साथै ती सम्पदाहरूमा स्थानीय जनताको अपनत्व रहेको औंल्याउनुभयो ।
पूर्ववडाध्यक्ष एवम् समाजसेवी कृष्णगोविन्द खाइजूले नयाँ पुस्तालाई सामाजिक बन्न उत्प्रेरित गरिरहनुपर्नेमा जोड दिदै भनपा वडा नं ७ मा भइरहेका गतिविधिहरूबारे जानकारी दिनुभयो ।


संस्थाका अध्यक्ष विवेक कुस्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका प्रतिनिधि श्रीप्रसाद त्यात, सिद्धि गणेश साकोसका उपाध्यक्ष विष्णुराम दुमरुलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष कृष्णभक्त ख्याजू र सचिव रवि ख्याजूले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.