भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न अन्तरनगर खेलकुद प्रतियोगिता अन्तर्गत भएको फुटबल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभयो । फुटबल प्रतियोगितामा साइनिङ स्टुडेन्ट्स एकेडेमी प्रथम, राजश्री गुरुकूल दोस्रो, बागीश्वरी र समता शिक्षा निकेतन तेस्रो हुन सफल भयो ।
