भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २६ गतेदेखि श्री पद्य माविको प्रांगणमा सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता जारी छ ।
शनिबार भएको पोर्टबल खेलको छात्रा तर्फको खेलमा विद्यार्थी निकेतनले पद्म माविलाई १८–५ अंकले पराजित गरेका छन् भने वागीश्वरी माविले महेन्द्र विद्याश्रमलाई २७–१ अंकले पराजित गरेका छन् । त्यस्तै प्रोक्सिमा इन्टरनेसनलले ख्वपृङलाई २८–३ र ब्राइटस्टारले बाल विकासलाई ८–६ अंकले पराजित गरे ।
त्यस्तै छात्र तर्फको खेलमा न्यातपोलले एभरेष्ट स्कुललाई १७–५, बासु माविले तारा माविलाई ९–८, वागीश्वरी माविले पद्म माविलाई १९–११ र ब्राइट स्टारले हिमालय ग्लोरीलाई १३–५ अंकले पराजित गरेका छन् ।
आइतबार छात्रा तर्फको क्वाटर फाइनल खेल र छात्र तर्फको सेमिफाइनलका खेलहरु हुने आयोजक समितिले जनाएको छ ।
