भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तर विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत भएको एथ्लेटिक्स खेलअन्तर्गत ४०० मि. छात्रतर्फ सुर्योदय सेकेन्डरी स्कूल प्रथम, बागीश्वरी मावि दोस्रो र बासु मावि तेस्रो हुन सफल भयो ।
एथ्लेटिक्स छात्रातर्फ ४०० मि. मा जेसिज मावि प्रथम, गणेश मावि दोस्रो र बासु मावि तेस्रो हुन सफल भयो ।
६० मि. छात्रतर्फ भने गणेश मावि प्रथम, श्री वरदायणी आधारभूत दोस्रो र सनसाइन स्कूल तेस्रो भयो ।
६०. मि छात्रातर्फ बासु मावि प्रथम, गणेश मावि दोस्रो र शारदा आधारभूत विद्यालय तेस्रो हुन सफल भयो ।
आजै सम्पन्न २०० मि. छात्रमा आदर्श आजाद मावि मुकेश ठाकुर प्रथम, ज्ञानविजय आवि दोस्रो र गणेश मावि तेस्रो हुन सफल भयो ।
२०० मि. छात्रातर्फ जेसिज मावि प्रथम र दोस्रो हुन सफल भयो भने नबिन आवि तेस्रो हुन सफल भयो ।
३००० मि. छात्रतर्फ शान्ति निकेतन मावि प्रथम, तारा मावि दोस्रो र गणेश मावि तेस्रो भयो ।
३००० मि. छात्रातर्फ जेसिज मावि प्रथम र दोस्रो, बासु मावि तेस्रो हुन सफल भयो ।
८०० मि. छात्रतर्फ शान्ति निकेतन मावि प्रथम, विद्यार्थी निकेतन मावि दोस्रो र जेसिज मावि तेस्रो हुन सफल भयो ।
८०० मि. छात्रातर्फ बागीश्वरी मावि प्रथम, शान्ति निकेतन मावि दोस्रो र जेसिज स्कूल तेस्रो हुन सफल भयो ।
४ह४०० रिले छात्रातर्फ जेसिज मावि प्रथम, शान्ति निकेतन मावि दोस्रो र बाल विकास से. स्कूल तेस्रो हुन सफल भयो ।
त्यस्तै ४ह४०० छात्रतर्फ प्रभात इ. स्कूल प्रथम, शान्ति निकेतन मावि दोस्रो र गणेश मावि तेस्रो हुन सफल भयो ।
ट्रिपल जम्प खेल छात्रतर्फ ज्ञानविजय आवि प्रथम, बासु मावि दोस्रो र ज्ञानविजय आवि तेस्रो हुन सफल भयो ।
ट्रिपल जम्प छात्रातर्फ ज्ञानविजय आवि प्रथम, बासु मावि दोस्रो र गणेश मावि तेस्रो हुन सफल भयो ।
सतपुट छात्रतर्फ भने गणेश मावि प्रथम, जेसिज मावि दोस्रो र आदर्श आजाद मावि तेस्रो हुन सफल भयो ।
सतपुट छात्रातर्फ भने बासु मावि प्रथम, बाल विकास इ. स्कूल दोस्रो र बासु मावि तेस्रो हुन सफल भयो ।
डिसक्रस थ्रो छात्रतर्फ गणेश मावि प्रथम, जेसिज मावि दोस्रो र बागीश्वरी मावि तेस्रो हुन सफल भयो ।
डिसक्रस थ्रो छात्राअन्तर्गत बासु मावि प्रथम, जेसिज मावि दोस्रो र बासु मावि तेस्रो हुन सफल भयो ।
ज्याबिलिङ थ्रो खेल छात्रतर्फ वागीश्वरी मावि प्रथम, गणेश मावि दोस्रो र आदर्श आजाद मावि तेस्रो हुन सफल भयो ।
त्यस्तै लङ जम्प छात्रतर्फ ज्ञानविजय आ.वि. प्रथम, आदर्श आजाद मावि दोस्रो र शान्ति निकेतन मावि तेस्रो हुन सफल भयो ।
लङ जम्प छात्रातर्फ बासु मावि प्रथम, नबिन मावि दोस्रो र वागीश्वरी मावि तेस्रो हुन सफल भयो ।
