Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तर विद्यालय पोर्टबल प्रतियोगिताको नतिजा

भक्तपुर । २०८२ मंसिर २६

0
भक्तपुर नगरपालिका वडा नं. ३ को संयोजनमा भएको भक्तपुर नगरव्यापी अन्तर विद्यालय पोर्टबल प्रतियोगिता वडाध्यक्ष राजकृष्ण गोराबाट रेफ्रि प्रज्ज्वल खत्रीलाई बल हस्तान्तरण गरी खेल शुभारम्भ भयो ।
आज भएको छात्र पोर्टबल प्रतियोगितामा बाल विकास इ. स्कूल र एभरेष्ट इ. स्कूलबीच भएको खेलमा १४ अंककाविरुद्ध १७ अंकले एभरेष्ट विजयी भयो ।
दोस्रो खेलमा विद्यार्थी निकेतनलाई २ अंकको विरुद्ध १९ अंकका साथ तारा मावि विजयी भयो ।
तेस्रो खेलमा गणेश माविलाई ३ अंकविरुद्ध ११ अंकले बासु मावि जित्न सफल भयो ।
त्यस्तै छात्रतर्फ चौथो खेलमा महेन्द्र विद्याश्रमलाई ० का विरुद्ध ३० अंकले बागीश्वरी दोस्रो चरणमा प्रवेश गरियो ।
पाचौं खेलमा ज्ञानतारा इ. स्कूललाई २ का विरुद्ध ३६ अंकले पद्म मावि जित्न सफल भयो ।
त्यसैगरी आजको छात्रतर्फ अन्तिम खेलमा हिमालयन ग्लोरीले ४ अंकका विरुद्ध २४ अंकका साथ ख्वप्रिंलाई हराई दोस्रो चरणमा पुग्न सफल भयो ।
त्यसैगरी आजै भएको छात्रा पोर्टबलमा पारागण एकेडेमीले ७ का विरुद्ध १८ अंकका साथ ज्ञानतारा इ. स्कूललाई हराई दोस्रो चरणमा पुग्न सफल भयो ।
दोस्रो दिनको खेल शनिबार बिहान ७ बजेदेखि सुरु हुने आयोजन समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.