Explore news and happenings at Bhaktapur

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली ः

२०८२ मंसिर २५

0
नगरपालिकाको आयोजना २०८२ मंसिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय प्रतियोगिताको समुद्घाटन ¥याली दत्तात्रयबाट सुरु भई सहिद स्मृति खेलमैदानमा पुगी सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरू भएको ¥याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालयको अगाडिबाट नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । ¥याली सुरु हुन अगाडि भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु र कार्यपालिका सदस्य सुनिता अवालले बोल्नुभएको थियो ।
¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न विद्यालयहरु, प्रतियोगी खेलाडीहरु, बाँसुरी बाजा, धिमे बाजा, नेपाल स्काउट टोली, नपाका खेलकुद प्रशिक्षार्थीहरु, टीम\क्लब\पुस्तकालय\संघसंस्थाहरुका प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, खेलप्रेमी तथा सबै वडाका खेलकुद समितिका स्वयम्सेवकहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.