नगर प्रमुख प्रजापतिद्वारा ट्राफिक प्रहरी भक्तपुरलाई सामाग्री हस्तान्तरण
भक्तपुर । २०८२ मंसिर २२
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी प्रभाग कमलविनायक भक्तपुरलाई केही सामाग्रीहरू हस्तान्तरण गर्नुभयो । भक्तपुर नगरपालिकाले ट्राफिक प्रहरी प्रभाग कमलविनायक भक्तपुरलाई स्टील दराज, लाइब्रेरी मेच, अफिस टेबुल, प्रिन्टर, खाट, इलेक्ट्रिक वाटर डिस्पेन्सर, कार्पेट र पर्दालगायतका सामाग्रीहरु सहयोगको रुपमा प्रदान गरिएको थियो ।

