Explore news and happenings at Bhaktapur

आत्मनिर्भर र स्वाभिमानी बन्नेतर्फ उत्प्रेरित गर्नु आवश्यक

भक्तपुर, २९ पुस ।

0
 सिद्धिगणेश सहकारी संस्थाले स्थापनाको २९ औं वार्षिक दिवस शुक्रबार एक कार्यक्रम गरी मनायो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले सिद्धि गणेश सहकारी संस्थाको २९ वर्षको अनुभव देश र समाजको लागि महत्वपूर्ण हुने बताउनुभयो ।
अनुत्पादक क्षेत्रमा लगानी बढ्नु राम्रो सड्ढेत नभएको धारणा राख्दै उहा“ले बढी ब्याज दिने लोभमा सर्वसाधारण जनताको रकम उठाएर भाग्ने सहकारीविरूद्ध जनतालाई बेलैमा सचेत बनाउन भक्तपुरका सहकारीहरू एकजुट हुनुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
सहकारी संस्था सहकारी मूल्य–मान्यता र सिद्धान्तअनुसार अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उहा“ले संस्थाले सदस्यहरूलाई आत्मनिर्भर र स्वाभिमानी बन्नेतर्फ प्रेरित गर्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
नेपाली काङ्ग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको लागि विश्वासको मत दिएको कारण कानुनी, व्यवहारिक र नैतिकरूपमा प्रतिपक्षको भूमिका खेल्न नसक्ने धारणा राख्दै प्रमुख प्रजापतिले अहिलको संसद्मा नेपाल मजदुर किसान पार्टी प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “सत्ताको लोभ र भोक भएको शासक दलले जनताको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेर काम गर्छ । काङ्ग्रेस, एमाले, माओवादी पार्टीहरू ‘गा“से गुसे एकै नासे’ भनेजस्तै अवसरवादी पार्टी हुन् ।”
माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई आत्मसात गर्दै समाजवादी क्रान्ति स्थापनाको लागि सङ्घर्षरत नेपाल मजदुर किसान पार्टी सिद्धान्तनिष्ठ पार्टी भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरपालिकाको गतिविधि र विकास निर्माणका कार्यहरू देशको लागि नमुना बनिरहेको छ भन्दै उहा“ले नेमकिपाका अग्रजहरूको योगदानकै कारण भक्तपुर नमुना नगर बन्न सफल भएको बताउनुभयो ।
भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले सिद्धि गणेश सहकारी देशकै नमुना सहकारीको रूपमा विकास हुन सक्नुमा पदाधिकारीको मेहनत र इमानदारिता भएको बताउनुभयो ।
गलत क्रियाकलापको आलोचना र आत्मालोचनलाई स·ठनकै अनुशासनको रूपमा अगाडि बढाउनुपर्नेमा उहा“ले जोड दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाले पारदर्शी नभएको संस्थामा बचत गर्न नहुने धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष रूद्रनारायण लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरू राजेन्द्र दुमरू, राजन लाखा र जयराम गोर्खालीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.