ख्वप कलेज अफ इन्जिनियरिङको QAA प्रक्रियाको लागि पूर्व परीक्षण भ्रमण कार्यक्रमको उद्घाटन
भक्तपुर । २०८१ वैशाख ८, सोमबार
विश्वविद्यालय अनुदान आयोगकोEducational Quality Assurance and Accreditation Council बाट ख्वप कलेज अफ इन्जिनियरिङको QAA प्रक्रियाको लागि गठित Peer Review Team बाट २०८२ बैशाख ८, ९ र १० गते हुने पूर्व परीक्षण भ्रमण कार्यक्रमको उद्घाटन भयो ।
कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २१ औं शताब्दीका चुनौतीहरु सामना गर्न सक्ने प्राविधिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले दुईवटा इन्जिनियरिङ कलेजहरु सञ्चालन गरेको बताउनुभयो ।
कलेजले सार्वजनिक विदाहरु कटौती गरी अध्ययन अध्यापन र कार्यक्रमहरु सञ्चालनमा जोड दिँदै आएको बताउँदै आंगिक क्याम्पस बाहेकलाई थप कार्यक्रमको सम्बन्धन नदिने त्रिविको नीतिले कलेजमा नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गर्न नसकिरहेको बाउनुभयो ।
विश्वविद्यालय र कलेजहरु अनुसन्धान केन्द्र हुनुपर्ने बताउँदै उहाँले नपाबाट सञ्चालित कलेजहरूमा ७७ जिल्लाका विद्यार्थी र प्राध्यापकहरु अध्ययन अध्यापनमा आबद्ध रहेको बताउनुभयो ।
ख्वप कलेज अफ इ. का प्राचार्य सुनिल दुवालले वार्षिक कार्यक्रमअनुसार कलेजले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालसँग सम्झौता गरेर चिकित्सकको व्यवस्था गरिरहेको, कलेजका प्राध्यापक, विद्यार्थी र कर्मचारीहरुको लागि स्वास्थ्य परिक्षणको सुविधा दिँदै आएको बताउनुभयो ।
उहाँले कलेजका कक्षाकोठाहरु स्मार्ट बोर्डको सुविधासहित आधुनिकीकरण गरेको बताउँदै पुस्तकालय आधुनिकीकरण तथा आरामदायी रुपमा अध्ययन अनुसन्धानको ब्यवस्था पनि गर्दै आएको बताउनुभयो ।
प्रा. डा. जीवराज पोखरेलले कलेजले परम्परा र परिवर्तनलाई सँगसँगै लग्न सकेको बताउँदै कलेजको वास्तुकला हेर्दा गौरवको अनुभुति भएको बताउनुभयो ।
उहाँले कलेज भौतिक रुपमा सुसज्जित र प्राज्ञिक रुपमा सुसंगठीत भएको बताउँदै हाल सम्म १०२ वटा शैक्षिक संस्थाले QAA प्राप्त गरिसकेको जानकारी दिनुभयो ।
कलेजका प्रा.डा. राजुभाइ त्यातले कलेजले तयार गरेको स्वाध्ययन प्रतिवेलन SSR को सार संक्षेप प्रस्तुती गर्नुभयो ।
तीनदिने भ्रमणको पहिलो दिन कलेजका विद्यार्थीहरुसँग बैठक, प्राध्यापकसँग बैठक र कलेज अवलोकनको कार्यक्रम रहेको छ ।



