Explore news and happenings at Bhaktapur

समायानुकुल स्थानीय पाठ्यक्रम परिमार्जन गर्नुपर्ने

२०८१ चैत्र ७ गते विहीबार ।

0
भक्तपुर नगर पालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा स्थानीय पाठ्यक्रम “ख्वपको पहिचान” परिमार्जनबारे परामर्श तथा कार्यशाला गोष्ठी आज सम्पन्न भयो ।
उहाँले स्थानीय भूगोल, इतिहास र संस्कृतबिारे युवा युस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रम आवश्यक रहेको बताउनु भयो । प्रमुख अतिथि प्रजापतिले राष्ट्रिय पाठ्यक्रम समानुकुल परिवर्तन नहुँदा नयाँ पुस्ता विदेशिंदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले पाठ्यक्रम परिवर्तनशील हुनुपर्छ, समय अनुसार पाठ्यक्रम परिवर्तन गर्नु उपयु्क्त हुन्छ भन्ने विचार व्यक्त गर्नुहुँदै पाठ्यक्रमको उद्देश्य विद्यार्थीहरुलाई स्थानीय विषयहरुले थप ज्ञान दिने र सहि दिशा निर्देश गर्ने रहेको बताउनुभयो ।
उहाँले भक्तपुृर नगरभित्र अध्ययनरत हजारौं विद्यार्थीहरुलाई स्थानीय सीप, सम्पदा, संस्कृति र मौलिकताबारे ज्ञान दिन सके ती विद्यार्थीहरुले भक्तपुरको कला संस्कृतिबारे राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार हुने बताउनुहु“दै गैर नेवार विद्यार्थीहरुले नेवारी संस्कृति प्रस्तुती गर्नु खुशीको कुरा हो भन्नुभयो ।
प्रमुख अतिथि प्रजापतिले प्रयोगमा ल्याइएन भने हरेक भाषा संस्कृति हराउँदै जान्छ भन्नुहुँदै अन्तर्राष्ट्रिय विषयहरुसँगै स्थानीय विषयमा पनि युवा पुस्तालाई अध्ययन गर्न जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले स्थानीय तहलाई स्थानीय पाठ्यक्रम लागू गर्न पाउने संवैधानिक अधिकारलाई प्रयोग गर्दै भक्तपुर नगरपालिकाले देशमै पहिलो पटक कक्षा १ देखि ्८ सम्म चरणबद्ध रुपमा स्थानीय पाठ्यक्रम लागू गर्दै आएको जानकारी दिनुभयो । उहाँले पाठ्यक्रममा स्थानीय भाषा र लिपीलाई समोवश गर्दै स्थानीय परिवेशअनुसारको स्रोत साधनको उपयोग तथा जीवनोपयोगी विषयहरुलाई समेट्दै पाठ्यक्रम परिमार्जन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पाठ्यक्रम निर्माण कार्यदलका सदस्यहरु सिद्धिरत्न शाक्य र रोशनराज तुईतुईले पाठ्यक्रम परिमार्जनको आवश्यकता र औचित्यताबारे बोल्नु भएको थियो । कार्यक्रममा देवचन्द्र बज्राचार्य, सुगतरत्न बज्राचार्य, सुवेगमान विजुक्छे, धर्मचन्द्र ब्रजाचार्य, दामोदर सुवाललगायत ३१ जना विषय विज्ञहरुले स्थानीय पाठ्यक्रम परिमार्जन गर्न आ–आप्mना सुझावहरु दिनुभयो ।

Leave A Reply

Your email address will not be published.