Explore news and happenings at Bhaktapur

५५ झ्याले दरबार मिति २०७५ पाैष २ गतेबाट सर्वसाधारण र पर्यटकहरुका लागि प्रत्येक मंगलबार र शुक्रबार खुल्ला

0

भक्तपुर नगरपालिकाको ६९ औं स्थापना दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रस्थित प्रसिद्ध ५५ झ्याले दरबार मिति २०७५ पाैष २ गतेबाट सर्वसाधारण र पर्यटकहरुका लागि प्रत्येक मंगलबार र शुक्रबार खुल्ला गरिएको छ । सो दरबार खुल्ला गरिएको औपचारिक कार्यक्रमको उद्‍घाटन भनपाका उपप्रमुख रजनी जोशीले गर्नुभएको थियाे । दरबार अवलोकनको लागि सर्वसाधारणले प्रवेश शुल्क रु २०।– र विद्यार्थीहरुले रु १०।– टिकट लिनुपर्ने व्यवस्था गरेको छ भने पर्यटकहरुको लागि प्रवेश नि:शुल्क व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.