Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापति उदयपुरको जिल्ला अस्पताल अवलोकनमा

उदयपुर । २०८१ माघ १८

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज उदयपुर गाईघाटस्थित प्रदेश सरकारअन्तर्गतको जिल्ला अस्पतालमा अवलोकन गर्नुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले जिल्ला अस्पताल उदयपुरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रकुमार मण्डलसँग भेटेर उक्त अस्पतालको सेवा सुविधा, कर्मचारी व्यवस्थापन र भौतिक अवस्थाबारे जानकारी लिनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी दैनिक १ हजार बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउँदै भक्तपुर सबै रोगको उपचार सेवा उपलब्ध स्वास्थ्य हबको रुपमा विकास भइरहेको बताउनुभयो ।
सोही क्रममा जिल्ला अस्पताल उदयपुरका मेसु मण्डलले १५ शैय्याबाट सुरु अस्पतालले ५० शैय्याको स्वीकृति प्राप्त गरी हाल उक्त अस्पतालले ८० शैय्यासम्म सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उदयपुरको जिल्ला अस्पताल प्रदेशको उत्कृष्ट अस्पतालको रुपमा स्थापित गर्न सफल भएको बताउँदै उहाँले भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्य उल्लेखनीय भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.