नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा सप्तरीको बरहीपुरमा बिहीबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किसान–मजदुरलाई नै देशको मालिक बनाउने उद्देश्यले नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको भए गाउ“को विकास हुने थियो । शासक पार्टीहरूको अदूरदर्शिताकै कारण पञ्चायती व्यवस्थाभन्दा पनि गणतान्त्रिक व्यवस्थाको बदनाम भइरहेको छ ।”
नेका, एमाले र माओवादी पार्टीले गाउ“को विकासलाई ध्यान नदिएको उल्लेख गर्दै केन्द्रीय सदस्य प्रजापतिले अहिलेको व्यवस्था पु“जीवादी व्यवस्था भएको र यो व्यवस्थामा कामदारवर्गको हित नहुने बताउनुभयो ।
समाजवादी व्यवस्थाले मात्र कामदारवर्गको हित गर्ने स्पष्ट पार्दै उहा“ले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि कामदार जनतालाई राजनीतिकरूपले सचेत र स·ठित गर्दै आएको बताउनुभयो ।
नेमकिपा सप्तरीका अध्यक्ष दिगम्बर यादवले गाउ“का युवाहरू रोजगारीको लागि बिदेसिने क्रम बढेकाले गाउ“ युवाविहीन हु“दै गएको र सिंहदरबारले गाउ“को विकासमा ध्यान नदिएको बताउनुभयो ।
नेमकिपा पर्साका अध्यक्ष सरोज साहले नेमकिपाले जनतालाई अन्याय र भ्रष्टाचारको विरूद्ध आवाज बुलन्द गर्न सिकाइरहेको छ भन्नुभयो ।
कार्यक्रममा ललित राम, मिथिलेस यादव र अभिनन्दन यादवलगायतले बोल्नुभएको थियो ।

