Explore news and happenings at Bhaktapur

विदेशमा पढेर पनि फर्केर स्वदेशमा काम गर्ने भावना राख्नुपर्ने

पुष १, २०८१

0
भक्तपुर, ३० मङ्सिर । निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने उद्देश्यले काम गर्दै जादा भक्तपुर आजको अवस्थामा पुगेको हो । उक्त कुरा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २३ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहमा व्यक्त गर्नुभएको हो ।
समारोहमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हरेक विषयमा आत्मनिर्भरतालाई ध्यान नदिएकै कारण आज विश्वसामु मागेर खानुपरेको छ ।”
उहाँले विद्यार्थीले स्वदेश र विदेशका जुनसुकै ठाउँमा गएर पढे पनि देश र जनताको सेवा गर्ने भावनाअनुसार काम गर्नुपर्ने बताउनुभयो ।
हाल ८० लाख नेपाली विदेशमा रहेको चर्चा गर्दै उहाँले विदेशमा रहेका नेपालीले पनि देश र जनताको निम्ति काम गर्ने भावना हुनुपर्ने आँैल्याउनुभयो ।
वार्षिकोत्सव समारोहमा अतिथि बिजुक्छेँले कलेज सेवामा अटुटरूपमा २० वर्ष र १० वर्ष सेवा गर्नुभएका प्राध्यापक एवं कर्मचारीहरूलाई कदरपत्र र नगद वितरण गर्नुभयो ।
सो अवसरमा उहाँले दुवै कलेजमा अध्ययन गरी अध्ययन पूरा गरेका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानपत्र र नगद प्रदान गर्नुभयो ।
उहाँले विविध खेलकुद प्रतियोगिताहरूमध्ये त्द्दण् अन्तर कलेज पुरुष क्रिकेट प्रतियोगिता र अन्तर कलेज महिला भलिबल प्रतियोगिताका विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वार्षिकोत्सव समारोहको सभापतित्व ग्रहण गर्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको स्थापनाले समाजलाई बुद्धीजीवीकरण गर्ने कार्यमा अगाडि बढेको चर्चा गर्दै भक्तपुर महोत्सवले भक्तपुरको मात्र नभई देशकै कला र संस्कृतिलाई आत्मसात गर्दै गौरवपूर्ण धरोहरहरूलाई जस्ताको तस्तै संरक्षण र संवद्र्धन गर्ने बताउनुभयो ।
भक्तपुर महोत्सवमा जनताको साथ र सहयोग प्राप्त भएको, व्यापक जनसहभागिता भएको बताउँदै कलेजहरूमा भइरहेको शैक्षिक प्रदर्शनीलगायतका गतिविधिले महोत्सवलाई जीवन्त बनाएको चर्चा गर्नुभयो ।
समारोहमा कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्न लागिपरेको चर्चा गनुभयो ।
हाम्रा पुर्खाहरूले हस्तान्तरण गरेका विविध अमूर्त सम्पदाहरूले भक्तपुर जीवन्त रहेको चर्चा गर्दै उहाँले आगामी पुस्ताका लागि यसको संरक्षण गर्दै जानुपर्ने बताउनुभयो ।
विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा भावी पुस्ताको लागि संरक्षण गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले भक्तपुरका अमूल्य सम्पदाहरूको पुनःनिर्माण एवं संरक्षणमा इन्जिनियरिङ कलेजको योगदानको कदर गर्दै यी सम्पदाहरू हाम्रो निम्ति अनुसन्धानको बृहत् क्षेत्र पनि भएको चर्चा गर्नुभयो ।
उहाँले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र तथा उत्कृष्ट नगर बनाउने अभियानमा भक्तपुर नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ सङ्कायका डीन प्रा. देवीप्रसाद भट्टराईले भक्तपुर प्राचीन सम्पदा तथा समृद्ध संस्कृतिको सहर भएको चर्चा गर्दै भक्तपुर नगरपालिकाले कला, संस्कृति, परम्परागत खाना, दाफा भजन, परम्परागत साङ्गीतिक प्रणाली, प्राचीन नृत्य, पहिरन र शैक्षिक प्रदर्शनीलगायतको भक्तपुर महोत्सवले समाज र देशलाई प्रत्यक्ष लाभ पु¥याउने र प्राचीन सहरको नाम र कीर्ति पनि बढाउने बताउनुभयो ।
कलेजले गुणस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धानमा जोड दिँदै समाजका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति योजना र सस्तो शुल्कमा उच्च इन्जिनियरिङ शिक्षा हासिल गर्न सहज पहुँच प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले समुदायमा आधारित कलेजहरूले देशमा प्राविधिक शिक्षा प्रदान गर्न छिटो र राम्रोसँग काम गर्न सक्छन् भन्ने स्पष्टरूपमा प्रमाणित गर्दछ भन्नुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायले स्नातक र स्नातकोत्तर तहको १० वर्ष पुरानो पाठ्यक्रम परिमार्जन गरी गत तीन शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागु गरी मूल्याङ्कन प्रणालीलाई परिमार्जन गरेको र अन्तिम वर्ष (स्नातक तह उत्तीर्ण गर्न) ६ महिना लामो औद्योगिक इन्टर्नसिप अनिवार्य बनाएको बताउनुभयो ।
उक्त वार्षिकोत्सव समारोहमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले कलेजको वार्षिक प्रतिवेदन तथा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरू ई. मेधाश्मी खतिवडा, ई. गौरव भुसाल र ई. योजना सापकोटा र कलेजका प्रशासकीय अधिकृत सन्जय मानन्धरले पनि बोल्नुभएको थियो । भक्तपुर महोत्सव, २०८१ को अवसरमा २८ मङ्सिरदेखि कलेजमा शैक्षिक प्रदर्शनीलगायत विविध प्रतियोगिताहरू सञ्चालन भएको थियो । पुस १ गते Last Building Standing on shake table Competition, “Heritage Conservation Past and Future” र ‘विपद् व्यवस्थापन – चुनौती र समाधानका उपायहरू’ विषयक Talk program हुनेछ भने पुस २ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।
May be an image of 6 people, dais and text

Leave A Reply

Your email address will not be published.