ख्वप अस्पतालमा शुभ दीपावली तथा नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान
भक्तपुर, १३ कार्तिक ।
ख्वप अस्पतालको आयोजनामा शुभ दीपावली तथा नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा कर्मचारी भेला म·लबार भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छे“ (रोहित) ले स्वास्थ्यकर्मीहरू जुनसुकै ठाउ“मा गए पनि सेवा दिन तयार हुनुपर्छ† व्यक्तिवादी सोचबाट टाढा बस्नुपर्छ भन्नुभयो ।
स्वास्थ्य र शिक्षामा हुने प्रतिस्पर्धाले राम्रा र योग्य नया“ पुस्ता तयार हुने विचार व्यक्त गर्दै उहा“ले विद्यार्थीलाई विशेषता हासिल गराउने सोचले पढाउनुपर्छ भन्नुभयो ।
उहा“ले भन्नुभयो, “विद्यार्थी बिदेसिनु, विश्व व्यापार स·ठनमा नेपाल सहभागी हुनुको परिणाम हो । विदेशी विश्वविद्यालयले सम्बन्धन पाउन सजिलो छ तर भक्तपुर नपालाई विभिन्न बहानामा अल्झाइरहेको छ ।”
शिक्षामा धेरै पछि परेको यहा“का नागरिक छोटो समयमै शिक्षा क्षेत्रमा परिवर्तन आएको चर्चा गर्दै उहा“ले यसमा भक्तपुरवासीले गर्व गर्नुपर्छ भन्नुभयो ।
विशेषज्ञ सेवालाई अझ थप्दै लानुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले भन्नुभयो, “अरुलाई गर्ने व्यवहार राम्रो भएन भने त्यो सभ्य हु“दैन । बिरामीको सेवा गर्नु जतिको धर्म अरु छैन । भक्तपुरप्रति जनताले गरेको विश्वासलाई कायम राख्नुपर्छ । कर्मचारीले नियमानुसार काम गर्नुपर्छ ।”
“चाडपर्व खानपिनस“ग मात्र सम्बन्धित छैन, मानसिक स्वास्थ्यस“ग पनि सम्बन्धित छ । रोगीको निम्ति मर्न तयार डा. नर्मन बेथुन र डा. द्वारकानाथ शान्ताराम कोट्निसको जीवनबाट सिक्नुपर्छ । डाक्टर बन्नुको उद्देश्य जनताको सेवा गर्नु हो ।” उहा“ले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिकित्सकको लापरबाहीले ज्यानसमेत जान सक्ने हु“दा जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“ख्वप अस्पताल जनताले अपनत्व ग्रहण गरेको जनताको अस्पताल हो । सरकारी कार्यालयले उत्कृष्ट सेवा दिन्छ भन्ने उदाहरण ख्वप अस्पताललाई बनाउनुपर्छ, अस्पतालको भौतिक पूर्वाधारस“गस“गै सेवा सुविधा सहज उपलब्ध गराउने लक्ष्य छ ।” उहा“ले भन्नुभयो ।
बीमा आबद्ध अस्पतालमध्ये सातौ“ स्थानमा पर्न सफल भएको उल्लेख गर्दै उहा“ले बिरामी सङ्ख्याभन्दा सेवा गुणस्तरमा ध्यान दिनुपर्छ भन्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले चाडपर्वमा सन्तुलित भोजन, सरसफाइमा जोड दिनुपर्ने आवश्यकता औ“ल्याउ“दै नगरबासीलाई स्वस्थ बनाउन शारीरिक व्यायामशाला स्थापना, स्वास्थ्य शिविर सञ्चालन र खेलकुद गतिविधिलाई जोड दि“दै आएको बताउनुभयो ।
जीवन्त, सभ्य र सुसंस्कृत नगरलाई थप बढावा दिन भक्तपुर महोत्सव आयोजना गर्न लागेको चर्चा गर्दै उहा“ले ख्वप अस्पतालको परिचय र
पहिचानलाई अझ व्यवस्थित र परिष्कृत बनाउन चिकित्सक÷कर्मचारी हातेमालोले गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालले हाल विशिष्टीकृत सेवा प्रदान गर्न सफल भएको उल्लेख गर्दै सेवा प्रवाहमा अग्रजको मार्गनिर्देशनले चिकित्सक÷कर्मचारीमा ऊर्जा प्राप्त भएको बताउनुभयो ।
उक्त भेलामा डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।