भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता जारी छ ।
पद्य माविमा संचालन भइरहेको छात्रा तर्फको पोर्टबल खेलमा तारा माविले र प्रभात माविलाई १०—४, अक्सफोर्ड प्राक्टिकल स्कुलले नविन आविलाई १८—२, वागीश्वरी माविले विद्या आर्जनलाई १४—११ र बासु माविले पारागण स्कुललाई २०—८ अंकले पराजित गरेको छ । यस क्रममा तारा मावि र अक्सफोर्ड प्राक्टिकल स्कुल तथा वागीश्वरी मावि र बासु मावि सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै छात्र तर्फको खेलमा न्यातपोल स्कुलले गणेश माविलाई ८—६ अंक र वागीश्वरी माविले एभरेष्ट स्कुललाई १५—९ अंकले पराजित गरी विजेता टोली न्यातपोल स्कुल र वागीश्वरी मावि सेमिफाइनलमा पुग्न सफल भएका छन् । साथै ब्राइट स्टार स्कुलले पद्य माविलाई ३०—२ अंक र बासु माविले तारा माविलाई ९—८ अंकले पराजित गरी विजेता टोली ब्राइट स्टार र बासु मावि सेमिफाइनलमा पुग्न सफल भएका छन् । सेमिफाइनलका खेलहरु मंगलबार हुने आयोजक समितिले जनाएको छ ।
महेश्वरी खेल मैदानमा सोमबार भएको मेधा मावि र वागीश्वरी माविविचको सेमिफाइनल फुटबल खेलमा वागीश्वरी माविबाट अभिशेक खत्रीले १ गोल गरी मेधा माविलाई पराजित गरेका छन् भने साइनिङ स्टुडेन्ट र पद्य माविविचको सेमिफाइनल खेलमै साइनिङ स्टुडेन्टका खेलाडी रुकेश तामाङले १ गोल गरी पद्य माविलाई पराजित गरेका छन् । मंगलबार बिहिबार ८ बजे वागीश्वरी मावि र साइनिङ स्टुडेन्टविचको फाइनल खेल हुने भएको छ ।
त्यस्तै लामगालमा भइरहेको छात्र तर्फको खोखो खेल अन्तर्गत वागीश्वरी माविले विद्या आर्जनलाई ११—१०, बाल विकास से. स्कुलले विद्यार्थी निकेतनलाई ११—८, बासु माविले तारा माविलाई १४—१३, सरस्वति विद्यागृहले प्रभात माविलाई १६—१३ अंकले पराजित गरेका छन् । यस क्रममा वागीश्वरी मावि र सरस्वति विद्यागृह तथा बाल विकास र बासु मावि सेमिफाइनलमा प्रवेश गरेका छन् ।
छात्रा तर्फको खोखो खेलमा ब्राइट स्टार इ. स्कुलले बासु माविलाई ९—४, वागीश्वरी माविले प्रभात माविलाई २२—३, सरस्वति विद्यागृहले आदर्श आजादलाई ७—२ र वाइजल्याण्ड इ स्कुलले तारा माविलाई १०—५ अंकले पराजित गरेका छन् । यस क्रममा ब्राइट स्टार इ. स्कुल र वागीश्वरी मावि तथा सरस्वति विद्यागृह र वाइजल्याण्ड इ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । खोखोका सेमिफाइनल खेलहरु बिहान ११ बजेबाट सुरु हुने भनिएको छ ।
+75
Boo